काठमाडौं । बीएमडब्ल्यूको एफ ४५० जीएस मोटरसाइकल नयाँ टेक्नोलोजीका साथ बजारमा आउने भएको छ ।
कम्पनीले बीएमडब्ल्यू एफ ४५० मोटरसाइकलमा सेमी अटोमेटिक ट्रान्समिसन टेक्नोलोजी जडान गरेर बजारमा उतार्ने तयारी गरिरहेको हो ।
यो मोटरसाइकल भारतमा टीभीएस मोटर्सले उत्पादन गरिरहेको छ । कम्पनीले आधिकारिक रूपमा नबताए पनि भारतीय मिडियामा आएको रिपोर्ट अनुसार कम्पनीले नयाँ टेक्नोलोजीका बारेमा काम गरिरहेको केही विवरणहरू बाहिर आएका छन् । जसमध्य सेमी अटोमेटिक ट्रान्समिसन गियरबक्स सिस्टम एउटा हो ।
एफ ४५० जीएस मोटरसाइकल अटोमेटिकसँगै मेनुअल ट्रान्समिसन सिस्टममा समेत चलाउन सकिन्छ । यसमा मोड ए र मोड डी गरी दुई मोड दिइएको छ । ए मोडमा राइडले म्यानुअल तरिकाले गियर सिफ्ट गर्न सक्छन् भने डी मोडलमा क्लच बिनै गियर चेन्ज गर्न सक्छन् ।
बीएमडब्ल्यूको आर १३०० जीएस एड्भेन्चर र आर १३०० जीएसमा ‘एएसए’ (अटोमेटेड सिफ्ट एसिस्टेन्ट) नामक टेक्नोलोजी प्रयोग गरिएको छ, यो पूरै अटोमेटिक सिस्टम हो । कम्पनीले एफ ४५० मा दिएको सेमी अटोमेटिक सिस्टम हो ।
एफ ४५० जीएस जस्ता इन्ट्री लेभल बीएमडब्ल्यू मोटरसाइकलहरूले फुल्ली अटोमेटिक ट्रान्समिसन सिस्टम विकल्प पाउने छन् वा छैनन् भन्ने कुरा निर्धारण गर्न उत्पादन लागत पनि एक प्रमुख कारण हुनेछ । यसकारण हाल बीएमडब्ल्यूले एफ ४५० जीएसमा सेमी अटोमेटिक ट्रान्समिसन सिस्टम विकल्प मात्रै दिने भएको हो ।
यसका अलावा मोटरसाइकलमा विभिन्न खाले राइड मोडहरू, वैकल्पिक सुविधाको रूपमा क्वीक स्वीफ्टर, ट्रयाक्सन कन्ट्रोल, अप्सनल एबीएस मोडहरू लगाएतका अफ रोड र अनरोड दुवै बाटोमा उपयुक्त हुने अन्य निकै फिचरहरू समावेश हुने छन् । यसमा ४७.३ ब्रेकहर्स पावर जेनेरेट गर्ने ४५० सीसीको ट्वीन सिलिण्डर इन्जिन छ, जुन युरोपेली देशहरूसँग मिल्दोजुल्दो एटू लाइसेन्स क्याटागोरी हो ।
अहिलेका लागि कम्पनीले यस नयाँ मोटरसाइकलमा मात्रै फोकस गरिरहेको छ, यसपछि भविष्यमा अन्य रोड्स्टार र नेकेड डिजाइनका मोटरसाइकलहरूमा काम गर्ने अनुमान गरिएको छ ।
एफ ४५० जीएस मोटरसाइकल प्रोडक्सन बन्द भएको बीएमडब्ल्यू जी ३१० जीएस मोडलको ठाउँमा आउने कम्पनीको भनाइ छ । कम्पनीले यसलाई बीएमडब्ल्यूको सबै भन्दा सानो र सस्तो मोटरसाइकलका रूपमा बजारमा स्थापित गर्ने बताएको छ ।
मोटरसाइकल २०२५ को अन्त्य सम्ममा विश्व बजारमा सार्वजनिक हुने भएको छ ।

