लक्ष्मी ल्युबद्धारा बुटवल र भैरहवामा फ्री सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्टसको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले बुटवल र भैरहवामा ‘फ्री सर्भिस क्याम्प’ सम्पन्न गरेको छ ।

कम्पनीले चारपाँग्रे सवारीका लागि गत असार १२ र १३ गते बुटवलको एडभान्स अटो केयरमा उक्त क्याम्प सम्पन्न गरेको हो । उक्त शिविरमा ७० भन्दा बढी गाडी सहभागी भएका थिए ।

त्यस्तै, कम्पनीले दुईपाँग्रेका लागि असार १९ र २० गते बुटवलको धर्मेन्द्र मोटरसाइकल स्येर पार्टसमा क्याम्प संचालन गरेको हो । उक्त क्यापमा ५० बढी मोटरसाइकल सहभागी भएको कम्पनीले जनाएको छ ।

शिविरमा सहभागी सवारी साधनलाई निःशुल्क सर्भिसिङ, इन्जिन चेकअप र लुब्रिकेन्ट परामर्श सेवा प्रदान गरिएको थियो । साथै, सहभागी ग्राहक र मेकानिकहरूलाई गिफ्ट पनि वितरण गरिएको थियो ।


Back_to_top