बाढीपहिरोले देशभरका १० वटा सडक पूर्ण बन्द, ४ एकतर्फी संचालनमा

काठमाडौं । बाढी पहिरोका कारण देशभरका १० वटा सडक पूर्ण रुपमा बन्द भएका छन् ।

नेपाल प्रहरीका अनुसार बुधबार बिहान (८ बजेसम्म) १४ वटा सकड अवरुद्ध भएका थिए । तीमध्ये १० वटा अझै बन्द रहेका हुन् । ४ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाँचथरको हेवाखोलामा आएको बाढीका कारण मेची राजमार्ग, नेपाल–चीन जोड्ने पुल बगाउँदा रसुवागढी सडक, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका छलघाटमा बाढी आउँदा भेरी करिडोर, रुकुम पश्चिमको आठबिसकोट रिजिटारमा बाढी आउँदा जाजरकोट–डोल्पा भेरी करिडोर बन्द भएको छ ।

त्यस्तै, पहिरोका कारण बझाङको छबिसपाथीमा पहरिो आउँदा जयपृथ्वी राजमार्ग, नवलपरासीको बर्दघाट दाउन्नेमा पहिरो खस्दा पूर्व-पश्चिम राजमार्ग, म्याग्दीको मालिका गाउँपालिक धारखर्केमा पहिराे खस्दा दरवाङ सडकखण्ड र मकवनापुरको भिमफेदीको गँगटेमा पहिरो आउँदा कान्तिलोकपथ पूर्ण रुपमा बन्द भएको छ ।

त्यस्तै, बाढीका कारण अवरुद्ध बनेपा-नाला सडक, पहिरोका कारण अवरुद्ध कालिगण्डकी करिडोर र सहिद राजमार्ग एकतर्फी खुलेका छन् ।


Back_to_top