काठमाडौं । याडिमा ई ८ एस प्रो स्कुटरमा भारी छुट पाइने भएको छ । याडिकाको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले ई ८ एस प्रोमा एकैपटक ४५ हजार रुपैयाँ छुट दिएको हो ।
कम्पनीले याडिया लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रीक दुईपाँग्रे ब्राण्ड बन्न सफल भएको उपलक्ष्यमा छुट अफर ल्याएको हो ।
कम्पनीका अनुसार यसअघि २ लाख ३० हजार रुपैयाँमा बिक्री हुँदै आएको याडिया ई ८ एस प्रो अब १ हजार ८५ हजार रुपैयाँमै पाइने भएको हो ।
साथै, ग्राहकले याडियाको ई ८ एस प्रो खरिदमा याडिया ब्राण्डको हेल्मेट, रेनकोट र पेन उपहार पाउने छन् ।
‘हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरूलाई जान्छ। यो अफर उनीहरूप्रतिको हाम्रो कृतज्ञता हो,’ कुजु नेपाल प्रालिले भनेको छ ।
ई ८ एस प्रो आजको स्मार्ट सवारी प्रयोगकर्ताहरूको लागि तयार पारिएको स्कुटर हो । जसमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन गरिएको छ ।
३००० वाटको मोटर रहेको याडियामा ७२ भोल्ट ३८ एम्पियर ग्राफिन ब्याट्री दिइएको छ । यसले एकपटकको फूलचार्जमा १५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ । याडिया ई ८ एस प्रोमा १२ इन्चका आकर्षक अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटरको अन्डर सीट बुट स्पेस, ड्यासबोर्डमा चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटरहरू छन् ।


