भारतमा फोर्ड इकोस्पोर्टलाई महिन्द्रा एक्सयूभी–३०० को धक्का

भारतीय बजारमा गत फेब्रुवरी १४ मा सार्वजनिक भएको महिन्द्रा एक्सयूभी–३००ले फोर्ड इकोस्पोर्टको व्यापारमा नराम्रो धक्का दिएको छ । सार्वजनिक भएको पहिलो महिनामा ४ हजार ४८४ यूनिट एक्सयूभी ३०० को बिक्री हुँदा फोर्ड इकोस्पोर्टको बिक्री ३ हजार १५६ यूनिटमा झरेको छ । जुन अघिल्लो वर्षको फेब्रुवरीको तुलनामा ४२ प्रतिशतले गिरावट हो भने यही जनवरी महिनाको तुलनामा ३० प्रतिशतले घटेको हो ।

अघिल्लो वर्ष फेब्रुवरीमा ५ हजार ४३८ यूनिट फोर्ड इकोस्पोर्ट बिक्री भएको थियो भने यो वर्षको जनवरीमा ४ हजार ५१० यूनिट बिक्री भएको थियो । 

समग्रमा महिन्द्राको बिक्रीमा जनवरीकाे तुलनमा १६ प्रतिशतले वृद्धि भएको छ भने फोर्डको समग्र बिक्रीमा २६ प्रतिशतले गिरावट आएको छ ।

महिन्द्राको यसरी बिक्री बढ्नुमा पछिल्ला उत्पादन मराजो र एक्सयूभी ३०० को बिक्रीले ठूलो सहयोग गरेको छ भने फोर्डको बिक्री घट्नुमा फिगो, इकोस्पोर्ट र एस्पायरको बिक्रीमा गिरावट आउनुको मुख्य कारण रहेको छ ।


Back_to_top