लक्ष्मी हुन्डाई र हुन्डाई मोटर्सको सहयोगमा विन्ध्यवासिनी मन्दिरमा बन्यो लिफ्ट

काठमाडौं । पोखरा स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा निर्माण गरिको लिफ्ट उद्घाटन भएको छ । उक्त लिफ्टको उद्घाटन राष्ट्रपति विद्यादेवी भन्डारीले गरेकी हुन् । 

लक्ष्मी गु्रप नेपाल र हुन्डाई मोटर कम्पनी, दक्षिण कोरियाको सहकार्यमा निर्माण भएको उक्त लिफ्ट समुद्घाटन समारोहमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट समितिका अध्यक्ष तथा लक्ष्मी गु्रपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले स्वागत मन्तब्य राख्दै विन्ध्यवासिनी मन्दिरको बारेमा जानकारी दिएका थिए । 

समितिले आफ्नो स्थापना पश्चात् शिव मन्दिर, राधा कृष्ण मन्दिर, शन्त निवास, गुरु कुलभवन, अष्ट चिरन्जिवी तथा नवग्रह मन्दिर, यज्ञ मण्डपहरु, अखण्ड हवन मण्डप, विन्ध्यवासिनी बहुउद्देश्यीय भवन, मन्दिर परिसरमा ढुङ्गा छाप्ने कार्य, जलधारा, पौवाको निर्माण जस्ता काम भएको जानकारी दिए ।

साथै समितिले जेष्ठ नागरिकहरुलाई दिवा सेवा उद्देश्यले विन्ध्यवासिनी जेष्ठ नागरिक मिलन केन्द्र र विन्ध्यवासिनी एम्बुलेन्स सेवा संचालनमा रहेको जानकारी अध्यक्ष श्रेष्ठले दिए । 

उक्त लिफ्ट समुद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी, दक्षिण कोरियाका राजदुतपार्क योङ–सिक, हुन्डाई मोटर कम्पनीका प्रतिनिधि, लक्ष्मी ग्रुप नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 


Back_to_top