नेपालमा नेताको कारण चर्चित पजेरोको नयाँ जेनेरेशन आउँदै

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी मित्सुबिशीको सफल एसयूभी पजेरो नयाँ जेनेरेशनमा आउने भएको छ । वि.सं. २०५२ सालमा सांसदलाई पजेरो खरिदमा भन्सार छुट दिने सरकारको निर्णयसँगै नेपालमा पजेरो चर्चित भएको थियो ।

नेपाली राजनीतिक वृत्तमा ‘पजेरो काण्ड’को उपनाम बनाएको मित्सुबिशीले सन् २०२१ पछि पजेरोको उत्पादन रोकेको थियो । कम्पनीले मिड साइज सेग्मेन्टमा पजेरो स्पोर्टस् भने अहिले पनि उत्पादन गरिरहेको छ ।

मित्सुबिशीले युरोपियन देशहरूमा नयाँ जेनेरेशन पजेरोको परीक्षण गरिरहेको तस्बिरहरू बाहिर आएका छन् । अहिले देखिएको नयाँ जेनेरेशन पजेरो बक्सी डिजाइन र हाइ ग्राउण्ड क्लियरेन्समा छ । सन् २०२१ मा डिस्कन्टिन्यू भएको चौथो जेनेरेशन पजेरोको तुलनामा नयाँ जेनेरेशन पजेरोको निकै सार्प देखिएको छ ।

यसको फ्रन्ट फेसियामा अपराइड नोज, होरिजेन्टल स्ल्याट सहितको लार्ज ग्रील, प्रोमिनेन्ट बम्पर, क्यामसेल स्टाइलको बनेट आदि अपडेट भएको छ । यो एसयूभीमा स्लिक हेडल्याम्प र भर्टिकल स्ट्याक एलईडी डीआरएल रहेको देखिन्छ ।

यसको साइडमा फरक खालको जियोमेट्रिक सेपको २० इन्चको ह्वील दिएको छ । इन्ट्रीगेटेड टर्न सिग्नल सहितको रेक्ट्रयाङ्गुलर ओआरभीएम, फ्लेयर्ड ह्वील आर्क, रुफरेल, सार्कफिन एन्टेना र फ्ल्याट रुफलाइन यस छ ।

त्यस्तै, अगाडि जस्तै भर्टिकल स्ट्याक्ड टेल ल्याम्प, इन्टरकनेक्टेड एलईडी लाइटबार, ठूलो साइजको स्कीड प्लेटले पछाडिको भागलाई पनि पृथक बनाएको छ ।


Back_to_top