१२० वर्षपछि पुनः अटो उत्पादनमा आएको कम्पनीले बनायो यस्तो कार

२० औँ सताब्दीमा क्लासिक डिजाइन कार निर्माणको लागि चर्चामा रहेको स्पेनिश अटोमोबाइल्स कम्पनी हिस्पेनो सुइजाले इलेक्ट्रीक सुपरकारलाई विश्वबजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले कार्बन फाइबरबाट निर्माण भएको इलेक्ट्रीक सुपर कार ‘कारम्यान’ कन्सेप्ट मोडल तयार पारेको हो । यसको कन्सेप्ट मोडल यहि महिना सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । 

यसले ३ सेकेन्डको समयमा १०० किलोमिटर रफ्तार पकड्ने कम्पनीले जनाएको छ । यसमा उपलब्ध पावरफुल इलेक्ट्रीक मोटरले १००५ बीएचपी पावर उत्पादनको क्षमता राख्छ । 

दोस्रो विश्वयुद्धको समयमा कम्पनीले उक्त कारको उत्पादन बन्द गरेको थियो । दुई सिट क्षमताको उक्त कारको लम्बाई ४.७ मिटर रहेको छ भने, यसमा टप एन्ड लक्जरी कारको बिशेषता प्रदान गरिएको छ । 

यसको टपस्पीड क्षमता २५० किलोमिटर प्रतिघन्टा रहेको छ । रेसिङ्ग कारको फर्मुला ई–ब्याट्री कारमा प्रयोग गरिएको छ । यस दिइएको पछाडिको टायरले पावर प्रदान गर्छ । यसको तौल १६९० किलोग्राम रहेको छ । यसको पहिलो प्रटोटाइप भर्सन भने सन् १९०० मा उत्पादन गरिएपनि प्रडक्सन भर्सन भने उत्पादन गरिएको थिएन । 

यो संसारकै पहिलो इलेक्ट्रीक कार भएको कम्पनीले दबी गरेको छ । कारम्यान क्यु ईभी टेकनिकद्धारा निर्माण गरिएको हो । कम्पनीले झन्डै ७० वर्षसम्म उक्त कारको उत्पादन बन्द गरेको थियो । 


Back_to_top