सून्य डाउन पेमेन्टमा एनआईयूका स्कुटर

काठमाडौं । स्टायलिस इलेक्ट्रील स्कुटर एनआईयूका लागि नेपालको आधिकारिक वितरक इन्फिनिटी नेपालले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

नयाँ योजना अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको बाइकसँग एनआइयूका स्कुटरसँग एक्सचेन्ज गर्न सक्ने छन् । जस्तो सुकै बाइक ल्याएपनि २५ हजार मूल्याङ्कन हुने कम्पनीले जनाएको छ ।

यो एक्सचेन्ज अफरमा ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर खरिद गर्न सक्नेछन् । साथै, एनआईयूका स्कुटरहरु खरिद गर्दा ग्राहकले २० हजार बराबरको एसोसरीज निःशुल्क प्राप्त गर्नेछन् । जसमा ब्याकरेष्ट, हेल्मेट,ब्याग, स्टोरेज बक्सजस्ता एशोसरीज रहेका छन् । 

यो योजना मार्च ५ देखि सुरु भएर १९ मार्च २०१९ सम्म चल्नेछ । यो योजनमा बैकिङ्ग साझेदारका रुपमा नबिल बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, सेन्चुरी बैंक र मेघा बैंक रहेको छन् । यो अफर कम्पनीको आधिकारीक शोरुम नक्साल र माइतीघरमा उपलब्ध रहेको छ । 


Back_to_top