शुक्रबारदेखि हुन्डाई ओपन गल्फ ट्रुनामेन्ट हुने

काठमाडौं । लक्ष्मी हुन्डाईले आगामी शुक्रबार र शनिबार हुन्डाई ओपन गल्फ ट्रुनामेन्ट २०१९ गर्ने भएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गोकर्ण गल्फ क्लबमा उक्त ट्रुनामेन्ट आयोजना गर्ने जनाएको छ ।

उक्त ओपन गल्फ ट्रुनामेन्ट १८ होलमा स्टेबल फोल्ड फर्म्याटमा र ३/४ ह्यान्डीक्यापकम खेलिने छ । यो ट्रुनामेन्टमा नेपालका १३० गल्फरहरुको सहभागिता रहने छ । उक्त गल्फमा टाइटल वीनर, फस्ट रनरअप, सेकेन्ड रनरअप, बेस्ट ग्रस, लेडिज वीनर, सिनियर वीनर (६० वर्ष माथि), जुनियर वीनर (१७ वर्ष मुनी) हुन्डाई ओनर्स वीनर, लंगेस्ट ड्राइभलगायत क्याटागोरीमा विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

यसका साथै होल इन वान विजेतालाई एउटा अल न्यू सेन्ट्रो पुरस्कार दिइने छ । लक्ष्मी इन्टर कन्टिनेन्टलले हरेक वर्ष गल्फको आयोजना गर्दै आएको छ । नेपालका साथै हुन्डाईले विश्वका विभिन्न देशहरुमा गल्फ खेलको विकासमा योजदान पुर्याउँदै आएको छ ।


Back_to_top