बजाजको सस्तो कार, मूल्य दुई लाख ६३ हजार

बजाजले बनाएको संसारकै सस्तो कार दाबी गिरएको क्यूटको भारतीय बजारमा मिडिया टेस्ट ड्राइभ आयोजना गरेको छ । कम्पनीले गत बिहिवार भारतीय पत्रकारहरुलाई टेष्ट ड्राइभ गराइएको उक्त नयाँ कार क्यूटको चर्चा भारतीय बजारमा निकै बढेको छ ।

कुनै समय भारतमा सबैभन्दा सस्तो कारको रुपमा टाटाको नानो चर्चामा थियो भने अहिले बजाज क्यूटको चर्चा चुलिएको छ । यसलाई बजाजले यसअघि नै इन्डोनेशियाको बजारमा भने बिक्री वितरण गर्दै आएको जनाएको छ ।

कम्पनीले क्यूटको मूल्य २ लाख ६३ हजार भारतीय रुपैयाँ भन्दा कम राख्ने अनुमान सुरु गरिएको छ । न्यूनतम मूल्य र उच्च माइलेजको खोजीमा रहेका ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले यो मोडल निर्माण गरेको जानकारी दिएको छ ।

सुरुमा कम इन्जिन क्षमता र सुरक्षाका कारण बजारमा ल्याउन रोकिएको बजाज क्यूटले कारमा हुनुपर्ने न्यूनतम सुरक्षा फिचर पुरा गरेको जनाइएको छ । यसमा ड्राइभर साईड एयरव्याग, सिट बेल्ट, एबीएसजस्ता फिचरहरु समाबेश भएको बताइएको छ । 

कम मूल्य, उच्च माइलेज, पार्किङको लागि कम स्थान यो नयाँ कारको प्रमुख विशेषता हो । क्यूट भारतीय बजारमा दुई इन्जिन फियुल भेरियन्टमा सार्वजनिक हुने भएको छ । यसको पेट्रोल भेरियन्टले प्रतिलिटर ३६ किलोमिटर माइलेज प्रदान गर्छ भने सीएनजी भेरियन्टले प्रतिकेजी ४५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । 

यसमा २१६.६६ सीसीको पेट्रोल इञ्जिन र फाइभ–स्पीड गियरबक्स दिइएको छ । यसको गियर मोटरसाईकलको जस्तै अप्–डाउन फर्मेटमा डिजाइन गरिएको छ । 

क्यूटलाई अधिकतम् स्पीड ७० किलोमिटर प्रतिघन्टाको रफ्तारमा चलाउन सकिने जनाइएको छ । ४५० केजी वजन रहेको यो कार अहिले बजारमा उपलब्ध सानो कारको तुलनामा ३७ प्रतिशतले हलुका रहेको छ । यसलाई ३.५  मिटरको बाटोमा सजिलै घुमाउन सकिन्छ ।

पाँचजनासम्म सवार गर्न सकिने यो कारको ड्यासबोर्डमा दुईवटा लिटी–लिटी बक्स लकरकासाथै २ वटा स्पीकर र यूएसबी सपोर्ट गर्ने एमएम–प्लेयर दिइएको छ । यसमा फोन चार्ज गर्नका लागि १२ भोल्ट सर्किट पनि दिइएको छ । यसको बुट स्पेश १९९ लिटर क्षमताको रहेको छ । 

अबकाे केही दिनपछि बजाजले क्यूटलाई भारतीय बजारमा बिक्री वितरण सुरु गर्ने जनाएको छ । 


Back_to_top