मोटरसाइक्लिङ्ग सम्मेलन चैत २२ र २३ गते काठमाडौंमा हुने

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले नेपालमा बढ्दै गएको मोटरसाइकल, सडक दुर्घटना न्यूनिकरण गर्न ‘मोटरसाइकल सुरक्षा वर्ष २०७५’ मनाई रहेको छ । 

यसै सन्दर्भमा नासा नेपालले, नेपाल मोटरसाइकल फेडेरेसनसँगको सहकार्य र मोटर स्पोर्ट्स नेपालको व्यवस्थापनमा यहि अप्रिल ५ र ६ तारिक अर्थात् चैत २२ र २३ गते काठमाडौँमा दोश्रो राष्ट्रिय मोटरसाइक्लिङ्ग सम्मेलन आयोजना गर्ने भएको छ । 

मोटरसाइक्लिङ्गको अन्तर्राष्ट्रिय महासंघद्वारा संसार भरिनै प्रस्ताव गरिएको ‘बी दि राईडर’ अभियानको लागि समेत यो सम्मलेनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले दाबी गरेका छन् ।

सेफ्टी, क्रिएसन र कनेक्टिभिटीको मुख्य नारासहित आयोजना हुन लागेको सम्मेलनमा मोटरसाइक्लिङ्ग , मोटरसाइक्लिङ्ग सुरक्षा, टु ह्वील टुरिंग , सेफ्टी हेल्मेट, सेफर मोबिलिटी, मोटरबाट रोजगार र अर्थतन्त्र जस्ता विषयमा एकदर्जन कार्यपत्र प्रस्तुत गरिने आयोजकले विज्ञप्तीमा उल्लेख गरेको छ । 

उक्त सम्मेलन व्यवस्थित गर्न सन्तोष न्यौपानेको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको नासाले जनाएको छ ।

नासा मोटर÷ मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा क्रियाशील संस्था हो । 


Back_to_top