हाइवे अपडेट : देशका ९ मुख्य सडक पूर्ण रूपमा बन्द, यी एकतर्फी खुले

फाइल तस्बिर ।

काठमाडौं । बाढी पहिरोका कारण देशभरका ९ सडक अबरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार सोमबार बिहान ८ बजेसम्म देशभरका ९ सडक खण्ड पूर्ण रूपमा बन्द रहेका हुन् ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

त्यस्तै, रसुवाको रसुवागढी पुल बगाउँदा र मेदामुदुङमा बाढीले सडक कटान गर्दा पासाङ ल्हामु सडक अवरुद्ध भएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको कोदारीमा पहिरो आउँदा अरनिको राजमार्ग, रुकुमपश्मिको रिजिगारमा बाढी आउँदा जाजरकोट डोल्पा भेरी करिडोर, काकालिकोटको गगनेखोलामा पहरिो खस्दा कर्णाली राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

त्यस्तै, जाजरकोटको छेडागाड नगरपालिका लेवाभिरमा बाढी आउँदा मोर्क चखिला सडकखण्ड, रुकुम पश्चिमको सहरेज्युलामा पहिरो आउँदा मध्यपहाडी राजमार्ग, जाजरकोटको नलगाड, भिरकुनामा पहिरो आउँदा जाजरकोट डोल्पा सडक बन्द भएको छ ।

बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं–धार्के, नुवाकोट, मध्यपहाडी राजमार्ग (तेह्रथुम), मध्यपहाडी राजमार्ग (लमजुङ), पृथ्वीराजमार्ग (तनहुँ), कालीगण्डकी करिडोर (बागलुङ र नवलपरासी पूर्व) पृथ्वी राजमार्ग (तनहुँ) राप्ती राजमार्ग (दाङ) शहिद राजमार्ग (रोल्पा) भने एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ ।


Back_to_top