एमजी एस-फाइभ र बीवाइडी एटो-टुमा कुन किन्ने ?

काठमाडौं । करिब ६ महिना अगानी नेपाली बजारमा लन्च भएको एमजीको एस-फाइभ एक डेडिकेटेड ईभी प्ल्याटफर्ममा बनेको आधुनिक एसयूभी हो । रियर ह्वील ड्राइभ इलेक्ट्रीक र इन्डिपेन्डेन्ट सस्पेन्सन सहित आएको एमजी एस-फाइभ एसयूभीले आफ्नो पहिलेको जेडएस ईभीलाई रिप्लेस गरेको थियो ।

विभिन्न ३ भेरियन्टमा उपलब्ध एस-फाइभ ईभी मूल्यका कारण पनि निकै चर्चामा रहेको छ । सुरूवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको भए पनि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व स्कीमको रूपमा नगद १ लाख रुपैयाँ छुट दिएको छ । एमजी एस-फाइभ अहिले पनि कम मूल्यमै पाइने कम्प्याक्ट इलेक्ट्रीक एसयूभी हो ।

त्यस्तै, नाडा अटो शो २०२५ मा लन्च भएको बीवाइडी एटो-टु सार्वजनिक भएदेखि नै धेरैको ध्यान खिच्न सफल मोडल हो । कम्प्याक्ट साइज र छरितो इलेक्ट्रीक एसयूभी चाहनेहरूको रोजाईमा पर्न सक्ने देखिन्छ ।

आकर्षक बाहिरी डिजाइन र बीवाइडीको ब्राण्डले एटो-टु एसयूभीको चर्चा थप बढाएको छ । साइमेक्स इंक प्रालिले एटो-टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

दुवै एसयूभीको समान मूल्य भएको कारण यी दुई बीचमा यहाँ तुलना गरिएको हो ।

डायमेन्सन

एमजी एस-फाइभको लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वीलबेस छ । एमजीले एस-फाइभको कम्फर्ट भेरियन्टमा १७ इन्चको अलोय ह्वील र १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिएको छ । पछाडि ५ लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन भएको एसयूभीको ‘ड्राइभिङ कम्फर्ट’ उत्कृष्ट छ ।

बीवाइडी एटो-टुको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलबेस छ । यसमा पनि १७ इन्चको अलोय ह्वील छ । ग्राउण्ड क्लियरेन्स भने २०० एमएम अग्लो छ ।

साइजको आधारमा एस-फाइभ ठूलो छ । रियर ह्वील ड्राइभ र पछाडि दिइएको इन्डिपेन्डेन्ट सस्पेन्स एस-फाइभको बलियो पक्ष हो । तर, ग्राउण्ड क्लियरेन्समा जाँदा भने एटो-टु राम्रो छ ।

क्याबिन फिचर

एमजीको एस-फाइभको कम्फर्ट भेरियन्टमा १२.८ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले, रियर भ्यू क्यामरा, वायर लेस एण्ड्रोइड अटो र एप्पल कारप्ले दिइएको छ । यसमा ४ वटा प्रिमियम स्पीकर छ । पीयू लेदरले मोरिएको स्टेरिङ ह्वील, प्यासिभ इन्ट्री सिस्टम, पेडल स्टार्ट, फेब्रिक सिट कभर, अटोमेटिक एसी, भीटुएल सुविधा पाउन सकिन्छ ।

त्यस्तै बीवाइडी एटो-टुमा पनि १२.८ इन्चकै रोटरी टचस्क्रीन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, ३६० डिग्री क्यामरा, भीटुएल, सिन्थेटिक सिट, ५० वाटको वायरलेस चार्जर दिइएको छ । पोर्टेबल कार्ड की, अटोमेटिक एसी, पीएम २.५ फिल्टर, वायरलेस एप्पल कारप्ले र एण्ड्रोइड अटो, ८ वटा स्पीकर, भोइस असिस्ट, पावर्ड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, रेन सेन्सिङ वाइपर पाउन सकिन्छ ।

मोटर र ब्याट्री

एमजी एस-फाइभमा ९९ किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । यसले २५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १७५ किलोमिटर प्रतिघण्टा छ । एमजीको कम्फर्ट भेरियन्टमा ४९ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री प्रयोग भएको छ । यो ब्याट्री संसारकै सबैभन्दा पातलो रहेको सीएटीएलको दाबी छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

बीवाइडी एटो-टुमा १०० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यो मोटरले २९० न्युटन मिटरको टर्क जेनरेट गर्छ । बीवाइडीले एटो-टुमा ५१.१३ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । कम्पनीको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित  गरेको छ ।

दुवै एसयूभीको साथमा ७ किलोवाटको वाल माउण्टेड एसी फास्ट चार्जर उपभोक्ताले पाउने छन् ।

सुरक्षा फिचर

दुवै एसयूभीमा सुरक्षाका प्रशस्त फिचर छन् । एमजीले एस-फाइभको कम्फर्ट भेरियन्टमा ७ वटा एयरब्याग, अटोहोल्ड, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, ट्राफिक जाम असिस्ट, फ्रन्ट र रियर कोलुजन वार्निङ, इन्टेलिजेन्ट हेडल्याम्प कन्ट्रोल जस्ता फिचर दिएको छ ।

बीवाइडी एटो-टुमा ६ वटा एयरब्याग, एबीएस, ईपीबी, ट्रयाक्सन कन्ट्रोल, हिल असिस्ट, ३६० डिग्री क्यामरा, फ्रन्ट एण्ड रियर राडार, इन्टेलिजेन्ट कु्रज कन्ट्रोल, फन्ट कोलुजन वार्निङ, लेन डिपार्च वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेक जस्ता सुरक्षा फिचर छन् ।


Back_to_top