भैरहवा भन्सारबाट भित्रिन थाल्यो पेट्रोलियम पद्धार्थ

काठमाडौं । रुपन्देहीस्थित बेलहिया नाका हुँदै पेट्रोलियम पद्धार्थ नेपाल भित्रिन थालेको छ ।

जेन जीका आन्दोलन र त्यसपछि निषेधाज्ञा तथा कर्फ्युका कारण मंगलबारदेखि बन्द रहेको भैरहवा भन्सार शुक्रबार बिहानैदेखि खुलेको हो ।

आज बिहानैदेखि अत्यावश्यक समान बोकेका मालवाहक सवारीहरू जाँचपास भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

भारतबाट खाना पकाउने एलपी ग्यास, पेट्रोल लगायत इन्ध बोकेका ट्यांकरहरू नेपाल भित्रिएका छन् ।

आन्दोलनका कारण मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरू बन्द छन् । जसकारण भारत, चीन लगायत मुलुकबाट सामान आयात रोकिएको थियो ।


Back_to_top