काठमाडौं । नागरिक एपबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी अप्सन हटेको छ । यसअघि नागरिक एपमा लाइसेन्स क्याटगोरी रहेकोमा अहिले उक्त अप्सन नै हटेको हो ।
नागरिक एपबाट लाइसेन्स फिचर किन्यो हट्यो भन्ने अहिलेसम्म खुलाइएको छैन । तर, यही भदौ २३ र २४ गते भएको आन्दोलनका कारण मीनभवनस्थित यातायात व्यवस्था विभागको भवन आजगनी हुँदा विभागको सर्भर ध्वस्त भएकाले नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर हटेको बताइएको छ ।
लाइसेन्स विभागको अनलाइन प्रणाली ‘ईडीएलभीआरएस सिस्टम’मा आबद्ध छ । विभागको सर्भर ध्वस्त भएकाले उक्त प्रणाली नचल्दा नागरिक एपमा पनि नदेखाएको हो ।
विभागको ईडीएलभीआरएस सिस्टम नागरिक एपमा इन्ट्रिग्रेटेड गरिएको थियो । तर, उक्त प्रणाली नै अहिले संचालनमा नरहेकाले नागरिक एपबाट पनि हटेको हो ।
विभागको प्रणाली नचल्दा देशभरका सबै यातायात कार्यालयहरुमा सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
यसअघि ट्राफिक चेकिङमा समेत नागरिक एपबाटै लाइसेन्स देखाउँदा हुन्थ्यो । साथै सवारी चालकले गरेका गल्ती र जरिवाना रकम तिरे नतिरेको रेकर्ड समेत हेर्न सकिन्थ्यो ।

