ईभीप्रेमी अर्थमन्त्री खनाल, अर्थतन्त्रको ‘धुँवा’ कसरी हटाउलान् ?

काठमाडौं । भदौ २३ र २४ गते नेपालमा जे घटना घट्यो, त्यो विश्व इतिहासमा विरलै भएका छन् । एकातर्फ सम्भवतः विश्वमै सबैभन्दा छोटो समय २७ घण्टामै सत्ता पलट गरायो । साढे ३ दशकदेखि जरो गाडेर बसेका अहंकारी, भ्रष्ट, अक्षम, कुशासनका मतियार शासकहरू एकाएक ‘गायब’ भए ।

अर्कोतर्फ राज्यले गरेको नरसंहारमा दर्जनौं युवाले ज्यान गुमाए । खर्बौं रुपैयाँको सार्वजनिक र निजी सम्पत्ति क्षणभरमै खरानी भयो । देशैभर धुँवाको मुस्लोले ढाक्यो । अहिले आगोबाट निस्केको धुँवा त हटिसक्यो, तर देशको अर्थतन्त्र माथि कालो धुँवाको मुस्लो अझ गहिरोसँग लागेको छ । जसले समग्र देशलाई नै अन्धकारतर्फ धकेलेको छ ।

यसैबीच, अर्थतन्त्रको बागडोर सम्हाल्न आइपुगेका छन् पूर्व अर्थसचिव रामेश्वर खनाल । अर्थतन्त्रको गहिरो विषयगत ज्ञान, बलियो निर्णय क्षमता, दूरदर्शी सोच, अब्बल कार्यक्षमता खानी खनालले अर्थतन्त्रमा मडारिँदै गरेको धुँवा हटाउने अभिभार पाएका हुन् ।

अब आफ्नो क्षमता र ज्ञान प्रयोग गर्दै देशको शिथिल अर्थतन्त्र र व्यवसायीको खस्किएको मनोबल उकास्दै अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजानुपर्ने चुनौती छ ।

खनाल सामू चुनौती मात्र होइन, आफूलाई प्रमाणित गर्ने अवसर पनि छ । उनलाई अहिले ६ महिना अघि आफैंले दिएको अर्थतन्त्र सुधारका उपायहरू कार्यान्वयन गर्ने अवसर मिलेको छ ।

यद्यपि, अन्तरिम सरकारका मन्त्री भएकाले खनालले देशलाई आर्थिक फड्को मार्ने गरी काम गर्न पाउने छैनन् । तर, धेरै नीतिगत डिपार्चरको थालनी भने गर्न सक्नेछन् ।

चुनौती नै चुनौती

खानालले यस्तो बेलामा अर्थतन्त्रको स्टेरिङ समात्दै छन्, जहाँ अवसरभन्दा चुनौती धेरै छन् । नेपालको अर्थतन्त्रमा कोरोनाकाल यता शिथिलता कायमै छ । झन् अहिले व्यवसायीको मनबल खस्किएको छ । कतिपय व्यवसायी नेपालमा लगानी नै नगर्ने मनिस्थितमा पुगेको समेत सुनिन्छ । केही ठूला व्यवसायी भने अर्बौं क्षतिका बाबजूद आफ्नो व्यवसायसँगै देशको अर्थतन्त्र पनि उकास्ने प्रण गरेका छन् । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ, शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल लगायत व्यवसायीे खरानी टकटक्याउँदै उठ्ने घोषणा गरिसकेका छन् ।

खनालले सर्वप्रथम, सर्वश्व गुमाएका व्यवसायीको मनोबल उकास्नुपर्ने छ । साथै, उनीहरूको व्यवसाय पुनः संचालनमा ल्याउन राज्यको तर्फबाट सहजीकरण, सहुलियतपूर्ण कर्जा उपलब्ध, सुरक्षाको प्रत्याभूति समेत गराउनुपर्नेछ । अहिले बैंकिङ प्रणालीमा ११ खर्ब थुप्रिएर बसेको छ । पूँजीको अभाव नभएकाले व्यवसायीको मनोवल उकास्न सके अर्थतन्त्र चलायमान हुनेछ ।

त्यस्तै, आजगजनीबाट संसद भवन, प्रधानमन्त्री निवास, मन्त्री निवासदेखि प्रशासनिक केन्द्र सिंहदरवार समेत खण्डहर बनेको छ । अब ती भौतिक संरचना निर्माण गर्न खर्बौं रुपैयाँ लाग्छ । तर, धेरै कर तिर्ने ठूला व्यवसायी धरासयी भएकाले राजस्व संकलनमा गम्भीर धक्का लाग्ने देखिन्छ । स्वपूँजीले पुनर्निमार्ण गर्न सम्भव देखिँदैन । यस्तोमा वैदेशिक अनुदान र ऋण ल्याई पुनर्निर्माणलाई गति दिनुपर्नेछ ।

त्यस्तै, खनाल सामू अनावश्यक खर्च कटौती गरी मितव्ययी बनेर देखाउनुपर्नेछ । अहिले सरकारको आम्दानीले दैनिक खर्चसम्म धान्न सक्ने अवस्था छैन । विकास निर्माणका लागि पूर्णतः ऋणमै भर पर्नुपर्ने अवस्था छ । यस्तोमा उनले जनताको करबाट उठेको रकम जथाभावी खर्च गर्न रोक्नुपर्छ । अघिल्ला सरकाले आफ्ना आसेपासे र कार्यकर्ता पाल्न छुट्याएको राज्यकोषको रकममा कैँची चलाउनुपर्छ । दैनिक प्रशासनिक खर्चमा पनि मितव्ययी बन्नुपर्ने देखिन्छ ।

त्यस्तै, सहकारी, कृषक, साना तथा मझौला व्यापारी लगायत समस्यामा छन् । उनीहरूको पूरै सामाधान गर्न नसके आश्वस्त पार्न सक्नुपर्छ । जसले जनतामा केही आशा र भरोसा जगाउन सकोस ।

आफ्नै सुझाव कार्यान्वयन गर्ने अवसर

खनाल सामू चुनौती मात्र होइन, आफूलाई प्रमाणित गर्ने अवसर पनि छ । उनलाई अहिले ६ महिना अघि आफैंले दिएको अर्थतन्त्र सुधारका उपायहरू कार्यान्वयन गर्ने अवसर मिलेको छ ।

यद्यपि, अन्तरिम सरकारका मन्त्री भएकाले खनालले देशलाई आर्थिक फड्को मार्ने गरी काम गर्न पाउने छैनन् । तर, धेरै नीतिगत डिपार्चरको थालनी भने गर्न सक्नेछन् ।

उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए ।

उनको प्रतिवेदनमा अर्थतन्त्रको कमजोरी कहाँ छ ? के कस्ता समस्या छन्, ती समस्या किन आयो ? समाधानका लागि तत्काल के गर्नुपर्छ ? दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए । अब तीनै सुझाव आफैंले कार्यन्वयन गर्ने ठाउँमा पुगेकाले सुधारका प्रयास थालनी गर्न सक्नेछन् ।

ईभीमैत्री खनाल

खनाल एक उत्कृष्ट अर्थशास्त्री मात्रै होइनन्, दीर्घकालीन सोच र नयाँ प्रविधिको प्रयोगकर्ता समेत हुन् । ७/८ वर्ष अघि नेपालमा गाडी किन्नेहरू विद्युतीय सवारी साधन (ईभी) किन्न चाहदैन्थे । ईभीलाई विश्वास गर्दैन्थे । भरपर्दो ठान्दैन्थे ।

तर, ईभीको आर्थिकसँगै वातावरणीय फाइदा बुझेका खनालले सन् २०१८ मा ईभी किनेका थिए । उनले सो बेला किया सोल ईभी किनेका थिए । नेपाली समाजमा रहेको ईभीप्रतिको भ्रम चिर्न उनले आफ्नोतर्फबाट योगदान समेत दिँदै आएका छन् ।

खनालले सवारी साधनमा अब ईभी निर्विकल्प बनेको बताउँदै आएका छन् । कम ऊर्जा खपत, न्यून मर्मत खर्च, आधुनिक प्रविधियुक्त सुविधा र वातावरणीय दृष्किोटबाट ईभी निर्विकल्प भएको उनको भनाइ छ ।

उनले ईभी चलाउँदा प्रतिकिलोमिटर खर्च १ रुपैयाँ मात्रै भएको तथ्य समेत सार्वजनिक गरेका थिए । उनले ७ वर्षसम्म कार चलाउँदा आफ्नो कुल खर्च करिब ९३ हजार रुपैयाँ मात्रै रहेको तथ्यांक पनि सार्वजनिक गरेका थिए ।


Back_to_top