काठमाडौं । यामाहाले ‘बेस्ट फेस्टिभ एक्स्चेन्ज अझै ज्यादा अझै धरै’ नामक फेस्टिभ अफर ल्याएको छ ।
नेपालमा यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइडले चाडपर्वलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
यस फेस्टिभ अफर अन्तर्गत ग्राहकले यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउने छन् । त्यस्तै, प्रत्येक हप्तामा एकजना ग्राहकले यामाहाको एउटा मोटरसाइकल पनि जित्न सक्ने छन् ।
साथै, ग्राहकले जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटरसँग यामाहाको जुनसुकै मोडल छानेर साट्न सक्ने छन् । यसमा कम्पनीले जस्तो सुकै कन्डिसनमा रहेका मोटरसाइकल तथा स्कुटरमा न्यूनतम मूल्यांकन २५ हजार र १० हजार रुपैयाँ थप बोनस दिनेछ ।
त्यस्तै, ग्राहकले अन द स्पट एक्स्चेन्ज, इजी फाइनान्स, सेलेक्टेड मोडलमा शून्य प्रतिशत र अन्यमा ७.९९ प्रतिशतमा फाइनान्स कर्जा सुविधा पाउने छन् । ईएमआइ सुविधामा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले कुनै ग्यारेन्टर(साक्षी) समेत राख्नु नपर्ने कम्पनीले जनाएको छ ।
यो अफर यामाहाको देशभरका आधिकारिक शोरुमहरूमा भदौ ३० देखि असोज ७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।


