काठमाडौं । चिनियाँ कार निर्माताहरूले कारमा अनौठो प्रयोगहरू गरिरहेका छन् । यही क्रममा अवतारले ‘इमोसनल इन्टेलिजेन्ट’ कारको कन्सेप्ट देखाएको हो ।
विश्वकै पहिलो इमोसनल इन्टेलिजेन्स (इआई) दाबी गरिएको कन्सेप्ट कारलाई जर्मनीको म्युनिखमा भएको अटो शोमा प्रदर्शनी गरिएको थियो ।
एक्सपेट्रा नाम दिइएको उक्त कार अवतारको ग्लोबल डिजाइन सेन्टर जर्मनीमा नै तयार पारिएको हो । कम्पनीका चिफ डिजाइनर नादेर फगीहजादेहका अनुसार यसलाई बनाउन २५ देशबाट २०० क्रियटिभीहरूले मेहेनत गरेका थिए ।
अवतारको ‘फ्यूचर इन्टेलीजेन्ट मोबिलीटी’को अवधारणा अनुसार तयार भएको एक्सपेक्ट्रामा युरोपियन डिजाइन हेरिटेज झल्किएको देखिन्छ । अवतारका अनुसार एक्सपेट्राले नयाँ ‘सेन्स अफ लग्जरी’, ‘स्लिम लेस कनेक्टिभिटी र ‘मल्टिडायमेन्सनल इन्ट्रीग्रेसन’लाई प्रतिनिधित्व गर्छ ।
निकै लामो हाइटेक फिचरको लिस्ट उपलब्ध कारमा टच र जेस्चर रिकग्निसन इन्ट्रीगेट गरिएको छ । उक्त टेक्नोलोजीले चालकलार्ई एड्भान्स असिस्ट ड्राइभिङ र फुल्ली अटोनोमी मोडमा सजिलै सिफ्ट गर्न सघाउँछ ।

अवतार एक्सपेट्रा निकै लामो छ । यसको लम्बाइ ५८४३ एमएम, चौडाइ २१३२ एमएम र उचाइ १४०५ एमएम छ । यसमा ३४५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा पूर्णतया ग्लास क्याबिन छ ।
मल्टिपल ट्रास्परेन्ट ग्लास प्यानल र रियरवाट एक्सटेन्डेड ग्लास रुफ दिइएको कारमा गलविङ्ग डोर दिइएको छ । प्रायःजसो इन्टेरियर स्पेश लेआउट देखाउन यस्तो ढोकाहरुको प्रयोग गर्ने चलन छ । यसको क्याबिन मिनिमल एस्थेटिक डिजाइनमा छ ।
अबतार सन् २०२१ मा चांगान, सीएटीएल र हुवावेको संयुक्त लगानीमा स्थापना भएको ब्राण्ड हो । कम्पनीको पहिलो मोडल अवतार-११ नेपालमा समेत बिक्री भइरहेको छ ।


