काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा काठमाडौं उपत्यकामा नेपाल प्रहरीका मात्रै ३४६ वटा सवारी साधन जलाइएको पाइएको छ ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा गरी प्रहरीका ३४६ सवारी साधानहरू जलेका हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार २१८ वटा दुईपाँग्रे सवारी र १२८ वटा चारपाँग्रे सवारी जलेका हुन् । चारपाँग्रेमा हेभी सवारी २४ वटा र साना गाडी १०४ वटा रहेका छन् ।
आन्दोलनकारीले काठमाडौं उपत्यकाका अधिकांश प्रहरी चौकी र बिट जलाएका थिए । धेरैजसो गाडी सोही क्रममा जलेका हुन् ।

