ओलाले बनायो इलेक्ट्रीक स्कुटर उत्पादनमा नयाँ कीर्तिमान

काठमाडौं । भारतीय दुइपाङग्रे इलेक्ट्रीक ब्राण्ड ओलाले इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल उत्पादनमा नयाँ रेकर्ड बनाएको छ ।

कम्पनीले १० लाख इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै नयाँ कीर्तिमान बनाएको हो । ओलाले भारतमा १० लाख इलेक्ट्रीक सवारी साधन उत्पादन गर्ने पहिलो कम्पनीको रेकर्ड बनाएको हो ।

ओलाले आफ्नो फ्युचर फ्याक्ट्रीबाट १० लाख भन्दा धेरै दुईपाङग्रे ईभी उत्पादन गरेको हो ।

सन् २०२१ देखि इलेक्ट्रीक स्कुटर उत्पादन थालेको कम्पनीले ४ वर्षमै १० लाखको माइलस्टोन पूरा गरेको हो ।

गत महिना मात्रै ओला इलेक्ट्रीक टीभीएस मोटर्सलाई पच्छ्याउँदै भारतको दोस्रो ठूलो इलेक्ट्रीक दुई पाङ्ग्रे कम्पनी बनेको थियो।
सोही अवसरमा कम्पनीले रोडस्टर एक्स प्लस इलेक्ट्रीक मोटरसाइकलको विशेष भर्सन पनि सार्वजनिक गरेको छ ।

हाल बजारमा ओला इलेक्ट्रीकको एस १ सिरिजका स्कुटर र रोडस्टर सिरिजका मोटरसाइकल बजारमा उपलब्ध छन् ।


Back_to_top