काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको १५ घण्टादेखि अवरुद्ध भएको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि तुइन खोलामा ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको सडक अझै खुल्न नसकेको हो ।
डिभिजन सडक कार्यालय चितवनका अनुसार निरन्तर खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ ।
रातिको समयमा पनि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
दुवैतर्फबाट एक-एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका सडक डिभिजनले जनाएको छ । यद्यपि, अहिले पनि ढुंगा झरिरहेकाले पहिराे पन्छछाउन समस्या भएकाे छ ।
अब थप पहिरो नखसेमा पहिरो पन्छाउन करिब ४ घण्टा लाग्ने जनाइएको छ । शुक्रबार साँझदेखि सडक बन्द हुँदा हजारौं यात्रु बीच बाटोमै राकिएका छन् ।

