दशैंभर ठूला मालवाहक गाडी चलाउन नपाउने

काठमाडौं । बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारबाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) संचालन नगर्न नपाउने भएका छन् ।

शनिबार बसेको भौतिक पूर्वाधार तथा यातायात कुलमान घिसिङसहित यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवाला निकायको बैठकले यस्तो निर्णण गरेको हो ।

बैठकले राजमार्गहरूको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरूको आवागमनलाई प्राथमिकता दिनु पर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागू हुने गरी ठूला भारबाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) संचालन नगर्न नगराउन अनुरोध गर्ने निर्णय गरेको हो ।

खाध्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारी साधनहरूलाई भने निरन्तर आवागमन हुने व्यवस्था मिलाइने छ ।


Back_to_top