काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत गाडी उत्पादक कम्पनीले उपहार दिएको रेन्ज रोवर स्पोट्र्स गाडी जनपुर ल्याएका छन् ।
मोदीले ल्याएको जनपुरमा उक्त गाडीलाई बा १ झ २२२२ नम्बर दिइएको छ । उक्त बुलेट प्रुफ रेन्ज रोवर स्पोट्र्स गाडी जनकपुर ल्याइएको हो ।
उक्त गाडी भारतको ७१ औ स्वतन्त्रता दिवसको अवसरमा बेलायती गाडी उत्पादक कम्पनी रेन्जरोवरले मोदीलाई उपहार स्वरुप दिएको थियो ।
काठमाडौंमा भने मोदीले बिएमडव्लु–७ सिरिज ७६० आईको गाडी प्रयोग गर्ने छन् ।
जर्मनी गाडी उत्पादक कम्पनी बिएमडव्लुले सेक्युरिटी भर्सन नाम दिएको उक्त गाडीमा सुरक्षाका लागि सवै प्रकारका सेवा सुविधा सहित मोदीका लागि गाडी तयार गरेको थियो ।

