किन चर्चामा छ एमजी हेक्टर ? प्रविधिमा थुप्रै नयाँ फिचर सेग्मेन्ट फर्स्ट

बेलायती कार ब्रान्ड एमजीले भारतीय बजारमा दमदार प्रवेशको तयारी गरेको छ । एमजीले भारतमा प्रिमियम एसयूभी मार्फत आफ्नो उपस्थिति मजबुत बनाउन लागेको हो ।

एमजीले ल्याउने नयाँ कारमा १०.४ इन्च टचस्क्रीनसहितको इन्फोटेनमेन्ट सिस्टम रहने छ । एमजी हेक्टरमा यन कार कनेक्टिभिटीको विशेषता समेत हुनेछ । यो विशेषता टेस्लाका मोडलहरुमा समेत रहेको छ ।

हेक्टरमा रहेको आइ–स्मार्ट सिस्टमले कनेक्टिभिटीमा सहयोग गर्ने छ । यो कारमा इन्टरनेट प्रोटोकल भर्सन ६ (आइपीभी–६) सपोर्ट गर्ने सिमकार्ड रहने छ । त्यस्तै यो कारले ५–जीसमेत सपोर्ट गर्नेछ ।

एमजी हेक्टरमा क्लाउड वेस ओटीए (ओभर द एयर) हुनेछ जसको सहयोगमा डाउनलोड समेत गर्न सकिने छ । हेक्टरमा रहेको इकल मार्फत एमजीका उपभोक्ताले पल्स हबमा सम्पर्क गर्न सक्ने छन् । यसका लागि उपभोक्ताको फोन रजिस्टर गर्नु पर्नेछ ।

एमजी हेक्टरमा एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) भ्वइस असिस्ट सिस्टम पनि रहने छ । यसमा १ सय भन्दा धेरै फङ्सन एक्टिभ हुनेछ । एमजीको हेक्टर एआइ सुपेरियर युजर एक्सपेरियन्स सहित भारतमा आउने पहिलो कार हुनेछ ।

हेक्टरको क्याविन एआइ असिस्टबाट नेभिगेसन, क्लाइमेट कन्ट्रोल, सनरुफ अप्रेसन लगायत चलाउन सकिने छ । हेक्टरमा भएको उक्त एआइ वेसलाई माइक्रोसफ्ट इन्टेलिजेन्ट सेक्युरिटी र जियो–फेन्सिङले सुरक्षा प्रदान गर्नेछ ।

एमजीको आइस्मार्ट एप्लिकेशन मार्फत सर्भिसको स्टाटस र रिमाइन्डर, डोर लक अनलक, हरेक टायरमा भएको प्रेसर, लाइभ लोकेसन जस्ता कुराको जानकारी पनि दिनेछ ।

एमजी हेक्टर १.५ लिटर टर्बोचाज्र्ड, पेट्रोल इन्जिन र २.० लिटर फोर सिलिन्डर टर्बो डिजेल इन्जिनमा उपलब्ध हुनेछ । एमजीले उक्त इन्जिन फियाटबाट लिएको छ । 


Back_to_top