बुलेट ३५० डबल च्यानल एबीएसमा, रियरमा ड्रम ब्रेक नै यथावत

रोयल इन्फिल्डको सर्वाधिक चर्चित बाइक बुलेट ३५० डबल च्यानल एबीएससहित भारतीय बजारमा सार्वजनिक भएको छ । अप्रिल १५ देखि निजी सवारीसाधनमा एबीएस अनिर्वाय गरे पश्चात सबै कम्पनीले मोटरसाइकलमा एबीएस सुरक्षा फिचर थप गरेर ल्याइरहेका छन् ।

यसै क्रममा रोयल इन्फिल्डले आफ्नो चर्चित बाइक बुलेट ३५० लाई एबीएस थप गरेर ल्याएको छ । रोयल इन्फिल्डले आफ्ना नयाँ बाइकहरुमा एबीएससहित फ्रन्ट र रियरमा डिस्क ब्रेक प्रयोग गरेर ल्याइरहेको छ ।

कम्पनीले हालै सार्वजनिक गरेका क्लासीक तथा थन्डरवर्ड बाइकमा डबल डिस्क ब्रेक दिएको थियो । बुलेट ३५० मा भने कम्पनीले फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक यथावत गरेर डबल च्यानल एबीएस सुरक्षा फिचर ल्याएको छ ।

कम्पनीले यसको मूल्य भने तोकेको छैन् । कोलकातामा यो बाइकको १ लाख ७० हजार भारु अन रोड रहने अनुमान गरिएको छ ।


Back_to_top