सीएफमोटोको नयाँ वर्ष अफर, २० हजार छुटदेखि २ वर्ष नि:शुल्क स्पेयर्स पार्टससम्म

काठमाडौं । सीएफमोटो बाइकको नेपालका लागि आधिकारीक वितरक आना इन्टरनेशनल प्रालिले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ ।

कम्पनीले ‘हाम्रो रोजाइ तपाइको’ नामक अफर सार्वजनिक गरेको हो । ग्राहकले सीएफमोटोको बाइक किन्दा २ भिन्न अफर प्याकेज छान्न सक्नेछन् । अफर १ मा अल्फा राइडिङ ज्याकेट, हेल्मेट, १ वर्षको फुल इन्स्योरेन्स, रोड ट्याक्स, २ वर्ष वारेन्टी र २ वर्षसम्मको लागि आयल फिल्टर, एयर फिल्टर र ब्रेक प्याड निःशुल्क प्रदान गर्ने छ ।

यस्तै अफर २ मा २० हजार क्यास ब्याक, २ वर्ष वारेन्टी, हेल्मेट, र सडक दस्तुर कम्पनीले तिरिदिने जनाएको छ ।

ग्राहकले यी दुई अफरमा आफुलाई मन परेको अफर छान्न सक्ने छन् ।  सीएफमोटोको नेपालको कुनै पनि आधिकारिक डिलरबाट यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

सीएफमोटोको १५० एनके, २५० एनके, ४०० एनके जस्ता बाइक नेपाली बजारमा उपलब्ध रहेको छ ।


Back_to_top