फोटोनले ल्यायो जिरो कस्ट अफर, ३ वर्षसम्म मेनटेनेन्स सर्भिस निःशुल्क

काठमाडौं । फोटोनले टुनल्याण्डका ग्राहकलाई लक्षित गर्दै ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निःशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (पीएमएस)को सुविधा पाउनेछन्।

यस अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउने छ ।

निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्ट समावेश छन् । यी कम्पोनेन्टहरूले गाडीलाई उच्च स्तरमा पर्फर्मेन्स दिन र कार्यक्षमता बढाउन मद्दत गर्छन्।

फोटोनले यी पाट्र्सहरूको निःशुल्क मर्मत सेवा उपलब्ध गराएर ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउने र गाडीको भरपर्दो पर्फर्मेन्सलाई निरन्तरता दिने उद्देश्य राखेको छ ।

यो अफर ३१ अक्टोबर २०२५ (कात्तिक १४ गते)सम्म मान्य रहने हुने कम्पनीले जनाएको छ । ग्राहकहरूलाई आफ्नो नजिकको फोटोन शोरूम वा अधिकृत डिलरमा गई मौकाको फाइदा लिन कम्पनीले आग्रह गरेको छ ।


Back_to_top