हाइड्रोजनबाट चल्ने स्कुटर देखाउँदै सुजुकी

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी सुजुकीले आफ्नो म्याक्सी स्कुटर बर्गम्यानलाई अब हाइड्रोजन फ्युलबाट चल्ने बनाउने भएको छ ।

कम्पनीले जापानको टोकियोमा यही महिना आयोजना हुने जापान मोबिलिटी शो २०२५ मा आफ्नो पहिलो हाइड्रोजन स्कुटरको नयाँ मोडल देखाउने भएको हो ।

सुजुकीले पहिलोपटक मोबिलिटी एक्सपोमा कन्सेप्ट मोडल, इन्जिन र टेक्नोलोजीहरूको प्रदर्शन गर्ने भएको हो ।

म्याक्सी डिजाइनमा रहेको बर्गम्यान स्कुटर स्टाइल पर्फमेन्स र कम्फर्टका लागि उत्कृष्ट मानिएको मोडल हो ।अब भने यसको फ्युचर भर्सन पेट्रोल वा ब्याट्री नभई हाइड्रोजनबाट चल्ने भएको छ ।

कम्पनीका अनुसार डाइड्रोजन फ्युलबाट चल्ने बर्गम्यान स्कुटरले पेट्रोलको जस्तै आवाज र थ्रिल प्रदान गर्ने बताएको छ । यसले कार्बन डाइअक्साइड धुवाँ पनि निकाल्दैन ।

हाइड्रोजन इन्जिन पेट्रोल इन्जिन जस्तै हुन्छ । तर, फ्युलको रुपमा पेट्रोलको सट्टा हाइड्रोजन ग्यास प्रयोग हुन्छ । हाइड्रोजनबाट चल्न थालेपछि यो स्कुटरले कार्बन नभई पानीको बाफ मात्रै निकाल्ने छ । बर्गम्यान जिरो एमिसन भेहिकलका रुपमा उपलब्ध हुने छ ।

यस स्कुटरमा पेट्रोल या ब्याट्रीको कुनै झन्झट हुँदैन । यसमा धेरै रेन्ज र फास्ट रिफ्युलिङ सिस्टम, इन्जिनको आवाज र राम्रो पर्फमेन्स मिल्ने छ । यो वातावरणमा १०० प्रतिशत क्लिन छ ।

सुजुकीले धेरै वर्षदेखि विभिन्न खाले क्लिन मोबिलिटीमा काम गरिरहेको छ । कम्पनीले क्लिन मोबिलिटका रूपमा पहिलो इलेक्ट्रीक स्कुटर ई–एक्सेस पनि प्रदर्शन गरिसकेको छ ।


Back_to_top