काठमाडौं । ट्रायम्फ स्क्रायम्बलर ४०० एक्सको मूल्य एकैपटक १५ हजार रुपैयाँ बढेको छ ।
नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक बिक्रेता बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले आजदेखि लागू हुने गरी स्क्रायम्बलर ४०० एक्सको मूल्य बढाएको हो ।
कम्पनीले यसअघि ६ लाख ९९ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको स्क्रयाम ४०० एक्सको मूल्य बढाएर ७ लाख १४ हजार ९०० रुपैयाँ पुर्याएको हो ।
ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्समा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
यसमा ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरू छन् ।
त्यसैगरी, ड्युल च्यानल एबीएस, यूएसडीरमोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलइडी लाइट्स, हिटेड ग्रीप, अलोय ह्वील जस्ता फिचर यो मोटरसाइकलमा छन् ।


