ट्राफिक प्रहरीकै मोटरसाइकल चोरी, दुई जना पक्राउ

काठमाडौं । कास्की प्रहरीले पोखरामा ट्राफिक प्रहरीको व्यक्तिगत मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनकाे दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि पार्किङ गरेर राखेको ग ६ प २०६१ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-५ पस्र्याङ बस्ने ३६ वर्षीय विश्वराज परियार र पोखरा-१३ शान्ति टोल बस्ने ३२ वर्षीय देवकुमार लोदिया रहेका छन् ।

कास्की प्रहरीका अनुसार उनीहरूलाई मोटरसाइकल चलाइरहेको अवस्थामा कात्तिक २१ गते अपराह्न ३ बजे नियन्त्रणमा लिइएको हाे।

उनीहरू विरुद्ध चोरी सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


Back_to_top