काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियलले सुर्खेतमा फोटोनको नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो नेटवर्क र पहुँच देशभर पुर्याउने लक्ष्य अनुसार सुर्खेतमा नयाँ शोरुम विस्तार गरेको हो ।
यससँगै देशभर फोटोनको बिक्री नेटवर्क १५ स्थानमा पुगेको छ । नयाँ शोरुमले सुर्खेत र आसपासका क्षेत्रका ग्राहकहरूलाई अझ सहज पहुँच र सेवा सुनिश्चित गरेको कम्पनीको भनाइ छ ।
सुर्खेत शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू माउन्टेन ईभी भ्यान, टीएम वान, लाइट ड्युटी ट्रकहरू र भर्साटायल टुनल्याण्ड पिकअप उपलब्ध छन् ।
देशभर गुणस्तरीय सवारी साधन र सेवाहरू प्रदान गर्ने फोटोनको यात्रामा यो अर्को महत्वपूर्ण माइलस्टोन रहेको कम्पनीको भनाइ छ ।
साथै, फोटोन टोटल केयर सर्भिस नेटवर्क पनि नेपालभर १७ सेवा केन्द्रहरूमा विस्तार भएको छ । जसले ग्राहकहरूलाई सुविधासम्पन्न आफ्टर सेल्स सर्भिस, मर्मतसम्भार समाधान र ब्रान्डको भरपर्दोपनको प्रतिबद्धता प्रदान गर्छ।
एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ताले फोटोन मोटरलाई सुर्खेतवासीको नजिक ल्याउन पाउँदा उत्साहित भएको बताए ।
‘हामी फोटोन मोटरलाई सुर्खेतवासीको नजिक ल्याउन पाउँदा उत्साहित छौं,’ उनले भने, ‘चितवन शोरुमको सफलतापछि यो फ्यासिलिटीले विश्वस्तरीय सवारी, उत्कृष्ट सेवा र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ। हामी हाम्रो सम्पूर्ण भेहिकल सिरिज अन्वेषण गर्न र फोटोनको शक्ति र भरपर्दोपन अनुभवका लागि टेस्ट राइड लिन सबैलाई आमन्त्रण गर्छौं।’

