स्टाइलिस बाइक निर्माणमा हिरो, यस्तो छ बजारमा ल्याउने तयारी

मोटसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरोले भारतीय बजारमा स्पोर्ट बाइक सेग्मेन्टमा आधारित रहेर करिज्मा मोटरसाइकलको अल न्यू मोडल सार्बजनिक गर्ने तयारी गरेको छ । हाल, कम्पनीले ‘एचएक्स–२५०–आर’ कोडनेममा निर्माण गरिरहेको यस मोटरसाइकलको भिडियो सार्बजनिक भएको छ । यद्यपी कम्पनीले नयाँ बाइकको नाम करिज्मा नै हुने वा अर्को कुनै हुनेछ भन्ने अहिलेसम्म आधिकारीक जानकारी गराएको छैन । 

कम्पनीले मोटरसाइकलमा सिंगल हेडल्याम्प, एलइडी युनिट, एलइडी डे टाइम रनिङ्ग लाईट लगाइएको छ । यसमा एक्सपल्स–२००मा उपलब्ध फुल्ली इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ भने, आकर्षक प्यानल, एबीएस, कन्भेक्सनल फ्रन्ट फर्क र साइड प्यानल लगाइएको छ । एक्सपल्स–२०० को जस्तै प्लाटफर्म र सिगंल पिश फ्लाट ह्यान्डलबार, ब्रेक, अलोय ह्वील जस्ता फिचर यसमा समाबेस गरिएको छ । 

कम्पनीले यसमा १९९.६ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ । जसले १८.४ बीएचपी पावरका साथै १७.१ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ५ स्पीड गियरबक्स लगाइएको छ । 

यसमा उपलब्ध अधिकांश विशेषता एक्सपल्स–२०० र एक्सपल्स–२०० टीबाट लिइएको कम्पनीले जनाएको छ । यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ भने ट्युवलेस टायर दिइएको छ । यसको भारतीय बजारमा एक्स सोरुम मूल्य १ लाख ३० हजार भारु पर्न आउने अनुमान लगाइएको छ । 

साथै, यस मोटरसाइकलले बजाज पल्सर आरएस–२०० सँग सिधा प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । यो मोटरसाइकल २०१९ को अन्त्यसम्ममा बजारमा बिक्री वितरण हुने अनुमान गरिएको छ । 

नेपाली बजारमा हिरोका उत्पादन नेपाल जनरल मार्केटिङ्गले बिक्री गर्दै आएको छ । कुनै समय करिज्माले नेपाली बजारमा निकै राम्रो बजार लिन सफल भएको थियो । 


Back_to_top