केटीएमको ५ मोडलका मोटरसाइकलमा ग्लोबल रिकल, यस्तो छ कारण

काठमाडौं । केटीएमले विभिन्न ५ मोडलका मोटरसाइकलमा ग्लोबल रिकल गरेको छ ।

कम्पनीले केटीएम १२५ ड्यूक, २०० ड्यूक, २५० ड्यूक, ३९० ड्यूक र ९९० ड्यूक मोटरसाइकलको ग्लोबल रिकल गरेको हो ।

२०२४ मा उत्पादन भएका ड्यूक सिरिजका मोटरसाइकलको फ्युल क्याप सिलमा समस्या भेटिएपछि कम्पनीले ग्लोबल रिकल गरेको हो ।

कम्पनीले आन्तरिक परीक्षणमा यस्तो समस्या देखिएको कारण रिकल गरेको बताएको छ । कम्पनीले अब सिधै ग्राहकहरूसँग सम्पर्क गरेर सर्भिसका लागि बोलाउने छ । साथै, निःशुल्क रुपमा फ्युल क्याप सिल परिर्वतन गरिदिने कम्पनीले जनाएको छ ।

ग्राहकले आफ्नो भेहिकल आइडेन्टिटी नम्बर राखेर केटीएमको अफिशिल वेबसाइटमा आफ्नो मोटरसाइकल यो रिकलमा भए नभएको पनि हेर्न सक्नेछन् ।


Back_to_top