काठमाडौं । यामाहा बाइक तथा स्कुटरको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ बाइक सार्वजनिक गर्ने तयारी गरेको छ ।
यामाहा नेपालले सामाजिक संजाल मार्फत यसको सस्पेन्स प्रमोशन गरिरहेको छ । विशेष श्रोतका अनुसार आगामी बिहिबार उक्त नयाँ बाइक नेपाली बजारमा सार्वजनिक हुनेछ ।
तस्वीरमा देखिए अनुसार यो बाइक यामाहा एफजेड भी-३ भएको अनुमान लगाउन सकिन्छ । एफजेड भी-३ मा भी-२ को भन्दा फ्रन्ट लुकमा निकै ठूलो परिर्वतन गरिएको छ । यसमा यामाहा एफजेड-२५ को समान हेडलाइट देखिएको छ । साथै, यसको एक्जष्टसमेत यामाहा-२५ बाट नै लिइएको छ ।
हेडल्याम्पलाई भी-२ कोभन्दा अग्रेसिभ बनाइएको छ, रेगुलर हेडल्याम्पमा नै रहेको डेलाइटलाई बिस्थापित गरेर एलइडी डेलाइट छुट्टै दिइएको छ ।
कम्पनीले फ्यूल ट्याङको डिजाइनमा पनि परिर्वतन गरेको छ, जुन पहिलाको भन्दा ठुलो आकार र सार्प लुक्समा पाउन सकिन्छ ।
बाइकमा कम्पनीले थुप्रै कस्मेटीक परिर्वतन गरेको छ । जसमा सिगंल सिट रहेको छ, यसले पछिल्लो मोडलमा भएको २ पिस सिटरमा भन्दा यसमा सिटिङ पोजिशनलाई अझ सहज बनाइएको छ ।
बाइकको टेल सेक्सनमा पनि कम्पनीले परिवर्तन ल्याएको छ । जसमा सिगंल पीस ग्रायावरेलको साथै टेल ल्याम्पमा पनि परिर्माजन गरेको छ ।
यामाहाले भी–२ को ह्वीललाई विस्थापन गरेर यसमा १० स्पोक अलोय ह्वील दिएको छ । यसका अलावा कम्पनीले यसको इन्टुमेन्ट क्लस्टरमा समेत परिर्वतन गरेको अनुमान गरिएको छ ।
यसमा दिइएको १४९ सीसी सिगंल सिलिन्डर फ्यूल इन्जेक्टेड इन्जिनले १३ बीएचपी तथा १२.८ एनएम टर्क जेनेरेट गर्छ ।
५ स्पीड गियर बक्स रहेको यो बाइकको फन्टमा २८२ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ ।
एबीएससहित नेपाल आउने तयारीमा रहेको यो बाइकको मूल्य ३ लाख १० हजार रहने अनुमान गरिएको छ ।

