हेलमेट निर्माता कम्पनी स्टिल बर्डले इनोभेटिभ हेलमेट ‘एसबीए–१ एचएफ ह्यान्ड फ्री’ भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले निर्माण गरेको उक्त हेलमेटमा स्पीकर जडान गरिएको छ जसको प्रयोगबाट बाइक चलाईरहेको समयमा आउने फोनसमेत रिसिभ गर्न मिल्ने कम्पनीले दाबी गरेको छ ।
मोवाइल फोनमा कनेक्ट गरेर म्युजिकसमेत सुन्न सकिने छ । हेलमेट सार्वजनिक गर्दै कम्पनीका एमडी राजीव कपुरले यो हेलमेट तयार पार्न दुई वर्ष लागेको जानकारी दिए ।
राइडिङ्गको समयमा म्युजिक सुन्न रुचाउने चालकलाई ध्यानमा राख्दै उक्त हेलमेट निर्माण गरिएको उनले बताए । यसमा दुई वटा स्पीकर लगाइएको छ भने, बाहिरीतर्फ ३.५ एमएमको ज्याक र हेलमेटभित्र रिसिभ र कट गर्नको लागि बटन राखिएको छ ।
यसको प्रयोग निक्कै सहज हुने कम्पनीले जनाएको छ । यसका साथै, हेलमेट निकै गुणस्तरिय मेटेरियलबाट उत्पादन गरिएकाले निकै सुरक्षित रहेको कम्पनीले दाबी गरेको छ ।
हेलमेटमा उपलब्ध स्पीकर पावरलाई मोबाइलसँग जोड्न सकिन्छ । राइडिंगको समयमा स्पिकरको आवाज निक्कै राम्रो आउने कम्पनीले जनाएको छ भने, बाहिरबाट आएको आवाज समेत चालकले सुन्न सक्ने कम्पनीले जनाएको छ ।

