हुन्डाईले सार्वजनिक गर्यो नयाँ जेनेरेशनको क्रेटा, यस्ता छन् विशेषता

काठमाडौं । चीनको सांघाई मोटर शोमा हुन्डाईले आफ्नो चिर्चित एसयूभी क्रेटाको नेक्स्ट जेनेरेसन भर्सन सार्वजनिक गरेको छ । दक्षिण कोरियाली कम्पनी हुन्डाईले पहिलो पटक सन् २०१५ को जुलाईमा क्रेटा सार्वजनिक गरेको थियो । 

हुन्डाईले २०१९ को जनवरीमा चीनमा आइएक्स–२५ अर्थात् क्रेटाको परिक्षण गरेको थियो । मंगलबार सांघाई मोटर शोमा प्रेसका लागि नेक्स्ट जेनेरेसन क्रेटा सार्वजनिक गरिएको हो । 

नयाँ क्रेटा इन्टेरियर र एक्सटेरियर अत्याधुनिक डिजाइनमा आधारित रहेको बताइएको छ । नेक्स्ट जेन क्रेटा सान्ताफे र कोनाबाट प्रभावित रहेको छ । एलईडी डेटाइम रनिङ लाइट र नयाँ हेड ल्याम्प नयाँ क्रेटामा पाउन सकिन्छ । 

नेक्स्ट जेन क्रेटाको फ्रन्ट तथा रेयर पार्टमा निक्कै परिवर्तन गरि आकर्षक बनाइएको छ । नयाँ क्रेटाको लेन्थ ४३ सय एमएम, वाइड १७ सय ९०, हाइट १६ सय २० एमएम र ह्वीलवेस २६ सय १० एमएम रहेको छ । यो पुरानो मोडलको तुलनामा केही ठूलो हो । 

चिनियाँ बजारमा नेक्स्ट जेन क्रेटा ५ सिटमा आउने छ भने भारतमा यही कार ७ सिटमा आउने सम्भावना रहेको छ । यो कार भारतमा २०२० को अटो एक्सपोमा सार्वजनिक हुनेछ ।

भारतीय बजारमा सार्वजनिक भएको केही दिन पछि यसलाई नेपाली बजारमा समेत पाउन सकिन्छ । 


Back_to_top