काठमाडौं । यामाहा बाइक तथा स्कुटरको नेपालका लागि आधिकारीक वितरक एमएडब्ल्यूले यामाहा महा एक्स्चेन्ज मेला आयोजना गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमन्डपमा आयोजना हुने यो मेला भोली बैशाख ९ गतेदेखि १४ गतेसम्म चल्नेछ । कम्पनीले हालै मात्र नेपाली बजारमा भित्र्याएको एफजेड भी ३ मेलाको आर्कषण रहने छ ।
यो महा एक्सचेन्ज मेलामा ग्राहकले कुनैपनि कम्पनीका जनुसुकै बाइक तथा स्कुटरसँग यामाहाका कुनैपनि बाइक तथा स्कुटरसँग एक्सचेन्ज गर्न सक्नेछन् । महा एक्सचेन्ज मेलामा ग्राहकले बाइक तथा स्कुटर खरिद गर्दा १ लाखसम्मको नगद छुटका साथै पुरानो बाइक तथा स्कुटरको बजार मूल्य भन्दा २० हजार थप मुल्याङ्कन दिने जनाएको छ । साथै ग्राहकले बाइक तथा स्कुटरको खरिदमा फ्रि एसोसरिजसमेत प्राप्त गर्नेछन् । सजिलै फाइनान्स सेवासमेत उपलब्ध रहेको कम्पनीले बताएको छ ।
उक्त महा एक्सचेन्ज मेलामा बाइक तथा स्कुटर टेष्ट ड्राइभ गरेर आर्कषक गिफ्ट समेत जित्न सकिने कम्पनीले जनाएको छ ।
उक्त मेलामा यामाहाका एफजेड, एफजेड एस, एफजेड एस भी २/ भी ३, एफजेड २५, यामाहा जेड रे, फेसीनो, एक्सटीजेड, आर १५ भी ३, सलुटो, आर ३, एक्सजेडआर लगायतका अन्य बाइक तथा स्कुटर उपलब्ध रहने छन् ।


