‘पल्सर १५०’मा १० वर्षपछि भयो सबैभन्दा ठूलो परिवर्तन

काठमाडौं । बजाज पल्सर १५० मा १० वर्षपछि सबैभन्दा ठूलो अपडेट भएको छ । बजाज अटोले पल्सर १५० लाई सन् २०१० पछि सबैभन्दा ठूलो परिवर्तन गरेर बजारमा उतार्न लागेको हो ।

कम्पनीले २०२६ मोडल भनेर बिक्री सुरू गर्न लागेको नयाँ मोटरसाइकल अहिले भारतीय डिलर नेटवर्कमा पुगिसकेको मिडिया रिपोर्टहरूले दाबी गरेका छन् । नयाँ पल्सर १५० मा नयाँ ग्राफिक्ससँगै नयाँ कलर अप्सन र एलईडी सेटअप दिएको हो ।

यसका अलावा नयाँ पल्सर १५० मोडलमा स्मार्ट कनेक्ट फिचर र डबल च्यानल एबीएस पनि रहने अनुमान गरिएको छ । अहिले बाहिर आएको तस्बिर हेर्दा यसको डिजाइनमा भने ठूलो परिर्वतन गरिएको छैन ।

बजाजले पल्सर १५० मा पुरानै क्लिपअन ह्याण्डलबार, सिंगल पिस सिट, अलोय ह्वीललाई निरन्तरता दिइएको छ । यसमा १४९ सीसी सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले १३.८ बीएचपी पावर र १३.४ एनएम टर्क जेनेरेट गर्छ ।

पहिलेकै ५ स्पीड गियरबक्स जडान भएर आउने पल्सर १५० को टप स्पीड ११५ किलोमिटर प्रतिघण्टा रहनेछ । बजाज पल्सर १५० नेपालमा पनि सर्वाधिक बिक्री हुने मोटरसाइकल हो । भारतमा बिक्री सुरू भएको केही समय पछि नै नेपाली बजारमा पनि यो मोटरसाइकल आउने छ ।


Back_to_top