काठमाडौं । मंगलबार बिहान ८ बजेदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर-निजगढ सडकखण्डमा संचालनमा आएको छ ।
मंगलबार बिहान यूपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट सडकम पल्टिँदा सवारी आवातजावत ठप्प भएको थियो । उक्त बुलेटलाई सडकबाट हटाई बुधबार बिहानदेखि सडक संचालनमा ल्याइएको हो ।
ट्राफिक प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो ।
सडक खुलेसँगै सवारीधान आवतजावत सुरु भएको छ । यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर-गौर वैकल्पिक बाटो हुँदै आउजाउ गरे पनि ठूला सवारी रोकिएका थिए । ।

