काठमाडौं । नेपालमा हरेक १० किलोमिटरको फरकमा छुट्टाछुट्टै किसिमको मौसम पाउन सकिन्छ । यस्तोमा विशेषगरेर चैत, बैशाख, जेठ र असारलाई गर्मि मौसमका रुपमा लिने गरिन्छ ।
यस्तोमा कारमा यात्रा गर्ने मानिसको लागी निकै कठिन हुने गर्छ । हुनत कारमा एसी हुने गर्छ । साना इन्ट्री लेवलका कारमा हुने एसीले नेपाली बाटोमा त्यति धेरै काम गर्न सक्दैन ।
उकालो बाटोमा एसीले गाडीको पर्फमेन्स नै घटाउने भएकाले सबै ठाउँमा एसी चलाउन सम्भव हुँदैन । यस्तोमा एसी बाहेकपनि गाडीलाई चिसो बनाउन सकिन्छ । कारलाई निरन्तर चिसो बनाइ राख्ने केही टिप्स यस्ता छन् ।
सामान्य समयमा कारको सिसा पुरा बन्द नगर्ने
प्राय जसो चालकले कारको सिसा पूर्णरुपमा बन्द गर्छन । जसको कारण कार भित्रको हावा आवातजावत पूर्ण रुपमा बन्द हुन्छ । उसोत काठमाडौंको बाटोमा सिसा खोलेर यात्रा गर्न सम्भव नै हुँदैन तर उपत्यका बाहिर भने यो संभव छ ।
कारको सिसा थोरै खुल्ला राख्दा निरन्तर हावा आदानप्रदान भइरहन्छ । जसले कार भित्रको गर्मी हावा बाहिर निस्कन मद्धत पुर्र्याउछ ।
घाम चर्काे लागेको बेला सिसा बन्द गर्ने
कार घाममा राखेको समयमा कारको सिसा बन्द गरि कारको एसी दुई मिनेटसम्म अन गर्नुपर्छ । यसो गर्दा कारभित्रको तातो हावा बाहिर निक्लन्छ भने कारभित्र शितल हुन्छ ।
लङ ड्राइभमा सिसा बन्द गर्ने
गर्मीको समयमा लङ ड्राइभमा निक्लदा कारको सिसा बन्द गर्नुपर्छ भने एसी अन गर्नुपर्छ । यसो गर्दा कारमा निरन्तर हावा फ्लो भैरहन्छ ।
कार कभर गर्ने
कारलाई संभव रहेसम्म राम्रो कभरले छोप्नुपर्छ । यसो गर्दा कार हिट हुनबाट बच्छ भने कारको पेन्ट पनि सुरक्षित हुन्छ । सँगै कार भित्रको तापक्रम पनि मेन्टन हुनसक्छ ।

