चिनियाँ ईभीसँग नरम बन्दै ईयू, हट्ला अतिरिक्त कर

काठमाडौं । युरोपियन युनियन (ईयू)ले सन् २०२४ बाट चिनियाँ ईभीमा लगाउँदै आएको अनुदान विरोधी कर हटाउने सम्भावना बढेको छ । चीन सरकारले अधिक अनुदान दिएर कारको बजार नै चौपट बनाउन लागेको भन्दै यसअघि युरोपियन युनियन भित्रका देशमा अनुदान विरोधी कर लगाइएको थियो ।

युरोपियन युनियनले चीनमा उत्पादन हुने टेस्लादेखि चिनियाँ ब्राण्डहरूलाई अतिरिक्त कर घोषणा गरेका थिए । उनीहरूले १० प्रतिशतदेखि ३५.३ प्रतिशतसम्म अतिरिक्त कर लगाएका थिए । खासगरी, चिनियाँ सरकारी लगानीका कम्पनीले बनाएका कारमा अधिक कर लगाइएको थियो ।

नयाँ वर्ष २०२६ लागेसँगै चीन र युरोपियली युनियन बीच सहकार्य बढेको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुवै पक्षले विश्व व्यापार संगठन (डब्लूटीओ) का नियम अनुसार व्यापार गर्ने जनाएका छन् । योसँगै चिनियाँ ईभीमा लाग्दै आएको अनुदान विरोधी कर हट्ने भएको हो ।

अहिलेसम्म युरोपियली युनियनको आधिकारिक धारणा बाहिर आएको छ । तर, मेसिनरी र इलेक्ट्रोनिक सामानको आयात र निर्यात गर्दा वस्तुनिष्ठ समीक्षा हुने ईयूले जनाएको छ ।


Back_to_top