काठमाडौं । भारतीय इलेक्ट्रीक दुईपाँग्रे साधन निर्माता एम्पियरले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा ‘एम्पियर म्याग्नस जी म्याक्स’ नामक नयाँ स्कुटर बिक्री सुरू गरेको हो ।
कम्पनीले म्याग्नस जी म्याक्स स्कुरको मूल्य ९४ हजार ९९९ भारु (एक्स शोरूम) निर्धारण गरेको छ । कम्पनीले भारतमा बढ्दो इलेक्ट्रीक स्कुटरको मागलाई मध्येनजर गर्दै नयाँ स्कुटर बजारमा ल्याएको हो ।
यस स्कुटरमा सिंगल सिट, एलईडी लाइट सेटअप, ड्रम ब्रेक, सीबीएस ब्रेकिङ सिस्टम, १२ इन्चको अलोय ह्वील, टेलिस्कोपिक फ्रन्ट फोर्क छ । यसमा इको, सिटी मोड र रिभर्स मोड छ । साथै, यूएसबी चार्जिङ पोर्ट, ३.५ इन्चको एलसीडी डिस्प्ले र ३३ लिटरको बुट स्पेस जस्ता धेरै सुविधाहरू पाउन सकिन्छ ।
एम्पियर म्याग्नस जी म्याक्स इलेक्ट्रिक स्कुटरमा ३ किलोवाट आवर क्षमताको एल एफएफ (लिथियम फेरो फस्फेट) ब्याट्रीप्याक दिइएको छ । यसले एकपटकको फुलचार्जमा १४२ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यस स्कुटरको रियल वल्र्ड रेन्ज भने करिब १०० किलोमिटर छ । यसमा दिइएको ब्याट्रीलाई २० देखि ८० प्रतिशत चार्ज गर्न ४ घण्टा ३० मिनेट समय लाग्छ । यस स्कुटरको टप स्पीड ६५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीले म्याग्नस जी म्याक्स स्कुटरको ब्याट्रीमा ५ वर्षको वारेन्टी पनि दिएको छ । एम्पियरले भारतमा विभिन्न सेग्मेन्टमा इलेक्ट्रीक स्कुटरहरू बिक्री गर्दै आइरहेको छ ।

