प्रडक्ट रिभ्यूः पुरानोभन्दा प्रिमियम छ नयाँ मारुती सुजुकी वागेन-आर

काठमाडौ । मारुती सुजुकीको लागि नेपालको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले गत चैत २८ गते अल न्यू मारुती सुजुकी वागेन–आर बजारमा ल्यायो । वागेन–आर भारतमा धेरै बिक्री हुने कार मध्येमा पर्ने गरेको छ भने नेपाली बजारमा पनि यसले निकै राम्रो बजार पाएको थियो ।

कम्पनीले पछिल्लो पटक नेपाली बजारमा ल्याएको यो टल ह्याच कम्पनी अन्य मोडल  स्विफ्ट, बलेनो, इग्निस र सियाजजस्तै हर्टटेक प्लाटफर्ममा निर्माण गरेको हो । 

बिगत २० वर्षदेखि नेपाली बजारमा बिक्री भइरहेको वागेन–आरको नयाँ मोडलले पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यसैबीच हामीले चर्चामा रहेको यो मोडलको प्रडक्ट रिभ्यू गरेका छौं । 

इन्जिन

कम्पनीले यसअघि एउटा मात्रै इन्जिन अप्सनमा उपलब्ध गराएको यो कारलाई अल न्यू मोडल भने दुई इन्जिन अप्सनमा उपलब्ध गराएको छ । जसमा १.० लिटर थ्री–सिलिन्डर परिमार्जित र १.२ लिटर फोर–सिलिन्डर इन्जिन पहिले भन्दा अहिलेको मोडल पावरफुल रहेको छ । 

यसमा दिइएको ९९८ सीसी क्षमताको इन्जिनले ६७ बीएचपी र ९० एनएम टर्क जेनेरेट गर्नेछ ।  त्यस्तै, १.२ लिटर इन्जिनले ८२ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्नेछ । मालेजको मामलामा यो गाडी निकै कमालको रहेको छ । १.० लिटर इन्जिनयूक्त मोडलले प्रतिलिटर २२.५ किलोमिटर माइलेज प्रदान गर्छ भने, १.२ लिटर इन्जिनले २१.५ किलोमिटर माइलेज प्रदान गर्ने एआरआई सटिफाईड रहेको छ । नयाँ कार पहिलो पटक एएमटी गियरबक्समा पनि आएको छ भने ५ स्पीड म्यानुयल गियरबक्समा समेत उपलब्ध रहेको छ । 

एक्सटेरियरमा के छ ?

यसको लम्बाई रेगुलर मोडलको तुलनामा ५६ एमएम बढी, चौडाई १२५ एमएम र उचाई ३५ एमएम बढी रहेको छ । साथै, पुरानो तुलनामा ह्वील वेस पनि केही लामो रहेको छ । 

यसमा राउन्ड अफ नोज इलिमेन्ट, एरो सेप हेडलाइट र स्पोर्टिचिन विल आर्कको विशेषता दिइएको छ । यसमा दिएको सी पिलर र फ्लटिंग रुफले कारलाई थप आकर्षक बनाएको छ । 

अल न्यू वागेन–आरमा टलबोय लूक्स दिइएको छ भने यसमा आकर्षक हेडल्याम्पका साथै आधुनिक टेलल्याम्प लगाइएको छ । 

इन्टेरियर विशेषता

कारको इन्टेरियरमा पनि निक्कै आकर्षक विशेषताहरु दिइएको छ । यसको क्याबिन डिउल टोन ब्लाक एन्ड बिज थिममा तयार पारिएको हो । डिजिटल टेकोमिटर आकर्षक डिजाइनमा सजिएको ड्याशबोर्ड, फेसिका, जोयन्ट टी एंगलमा रहेको सेन्टर कन्सोल यसका महत्वूर्ण विशेषता हुन् । 

यसमा ३४१ लिटर बुटस्पेश, लार्जर ग्लोबबक्स, साइजेबल डोर पकेट, नयाँ स्मार्ट प्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टमको विशेषताले कारलाई निकै आर्कषक बनाएको छ । 

यसमा ७.० इन्चको नयाँ टचस्क्रिन इन्फोटेन्मेन्ट लगाइएको छ भने एन्ड्रोइड अटो, एप्पल कार प्ले यसका थप विशेषता हुन् । यसमा ड्राइभर साइड एयरब्याग, रियर पार्किङ सेन्सर, एन्टी लक ब्रेकिङ सिस्टम जस्ता सुरक्षा फिचर दिइएको छ । 

मूल्य

सिजी मोटोकर्पले वागेनआर १।० लिटर भीएक्सआई (अप्सनल) मोडलको बिक्री मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ, भीएक्सआईको मूल्य भने २६ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै टप भेरियन्ट जेडएक्सआईको मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकएको छ । 


Back_to_top