काठमाडौं । प्रहरीले आफूखुशी नक्कली नम्बर प्लेट लगाई संचालन गरिरहेका दुई वटा चारपाँग्रे सवारी साधन नयन्त्रणमा लिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इहटरीले विशेष सूचनाका आधारमा ती गाडी नियन्त्रणमा लिएको हो ।
प्रहरीले धरान उपमहानगरपालिका वडा नम्बर १७ बाट बा ८च ९५१९नम्बरको सिल्भर रङको हुन्डाई कम्पनीको कार र इटहरी उपमहानगरपालिका वडा नम्बर ५ बाट मे १च ३८४६ नम्बरको सेतो रङको महेन्द्रा कम्पनीको बलेरो नियनत्रणमा लिएको हो ।
दुवै गाडीको सवारी नम्बर, चेचिस नम्बर र इन्जिन नम्बरहरू परिवर्तन गरेर चलाएकाले यातायात व्यवस्था कार्यालयहरूको अभिलेखमा फेला नपरेको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधनलाई आवश्यक कानूनी कारबाहीको लागि भन्सार कार्यालय सेतु बन्ध कोशी ब्यारेज, सुनसरीमा बुझाइएको हो ।

