विरगञ्जमा महिन्द्रा ‘बीई सिक्स’ र ‘एक्सईभी नाइन ई’ सार्वजनिक

विरगञ्ज । विरगञ्जमा महिन्दका दुई विद्युतीय एसयूभीहरू बीई सिक्स र एक्सईभी नाइन ई सार्वजनिक भएको छ ।

नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले विरगञ्जमा अत्याधुनिक इलेक्ट्रीक एसयूभी बिक्री सुरू गरेको हो ।

महिन्द्रा बीईभी सिक्स र एक्सईभी नाइन ई नेपालमा पहिलो पटक सन् २०२५ को अगस्टमा आयोजित नाइमा नेपाल मोबिलिटि एक्सपोमा सार्वजनिक बिक्री सुरू गरिएको थियो ।

कम्पनीले बीईभी सिक्सको सुरुवाती मूल्य ५७ लाखदेखि र एक्सईभी नाइन ईको ६९ लाख रुपैयाँदेखि सुरू हुन्छ ।

५९ किलोवाट आवरको ब्याट्रीप्याक रहेको बीईभी सिक्समा ९९ किलोवाटको मोटर रहेको छ । जसले ३८० न्युटन मिटर टर्क प्रदान गर्छ ।

त्यस्तै, एक्सईभी नाइन ईमा ५९ र ७९ किलेवाटके दुई ब्याट्री अप्सन छ । यसमा ९९ र १९९ किलोवाटको दुई मोटर अप्सन छ । जसले ३८० न्युटन मिटर टर्क प्रदान गर्छ ।

यी एसयूभी महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर (माया) बाट सञ्चालित छन् । यी अत्याधुनिक एसयूभीले विद्युतीय सवारीको क्षेत्रमा नेपालको क्षेत्रीय स्तरमा नयाँ यात्राको सुरूवात गर्ने कम्पनीको विश्वास छ ।


Back_to_top