कम मूल्य, उच्च पावरको साथ बजाजले ल्यायो नयाँ क्रुजर बाइक

बजाज मोटरसाइकलले आफ्नो नयाँ क्रुजर मोटरसाइकल बजाज एभेन्जर १६० तयार गरेको छ । यसअघि एभेन्जरलाई कम्पनीले १८० र २२० सीसीमा मात्रै ल्याउने गरेको थियो । 

कम्पनीले बनाएको नयाँ एभेन्जर यी दुबै मोडलभन्दा सस्तो रहेको छ । कम्पनीले आधिकारीक रुपमा बिक्री वितरण सुरु नगरेपनि भारतीय डिलर नेटवर्कमा नयाँ एभेन्जर पुगिसकेको अटोकार इन्डियाले उल्लेख गरेको छ ।

कम्पनीले सिंगल च्यानल एबीएस सहित ल्याएको एभेन्जर १६० को मूल्य ८१ हजार ३६ रुपैयाँ भारु निर्धारण गरेको छ । कम्पनीले एभेन्जर १८० को डिजाइनमा एनएस–१६० को इन्जिन प्रयोग गरेर एभेन्जर १६० ल्याएको हो । 

नयाँ एभेन्जरले हालको एभेन्जर १८० बराबरकै पावर दिने कम्पनीको दाबी छ । हालको एनएस १६० र एभेन्जरको पावर समान जस्तै रहेको छ ।

एभेन्जर १६० मा १६०.३ सीसीको ४ भल्भ आयल कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८ हजार ५ सय आरपीएममा १४.६ बीएचपी तथा ६ हजार ५ सय आरपीएममा १४.६ एनएम टर्क जेनेरेट गर्छ । 

५ स्पीडको गियरबक्स जडान गरिएको यो बाइकले ५० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । 

यसको फ्रन्टमा २६० एमएमको डिस्क र रियरमा १३० एमएमको ड्रम ब्रेक रहेको छ । 

फ्रन्टमा टेलेस्कोप फर्क तथा रियरमा डबल ग्यास चार्जड सस्पेन्सन दिइएको छ । कम्पनीले यही हप्ताबाट बजारमा बिक्री वितरण सुरु गर्ने अनुमान गरिएको छ ।


Back_to_top