सीएफमोटोको मोटरसाइकल किन्दा राइडिङ ज्याकेट र हेल्मेट पाइने

काठमाडौं । सीएफ मोटोको ४५० एमटी मोटरसाइकल किन्दा प्रिमियम राइडिङ ज्याकेट र हेल्मेट पाइने भएको छ ।

नेपालका लागि सीएफ मोटोको आधिकारिक बिक्रेता ऋषि ट्रेडले मोटरसाइकल खरिद गर्ने नयाँ ग्राहकका लागि ज्याकेट र हेल्मेट प्रदान गर्ने भएको हो ।

कम्पनीले ग्राहकलाई मोटरसाइकल खरिदपछि एमटी कम्पनीको प्रिमियम हेल्मेट र सीएफ मोटो ब्याजिङ भएको लेबल टू राइडिङ ज्याकेट दिने छ ।

कम्पनीले बाइक राइडरलाई राइडिङ प्रोटेक्सनमा ध्यान केन्द्रित गराउने हिसाबले यो सुविधा दिन थालेको हो । सीएफ मोटोले ‘गियर अप बिफोर यु गियर आउट’ स्लोगन सहित यो क्याम्पियन चलाई रहेको छ ।

१२ लाख ४९ हजार ९०० रुपैयाँ मूल्य रहेको एमटी ४५० एड्भेन्चर मोटरसाइकलमा ४४९ सीसी, ट्वीन सिलिण्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४४ हर्षपावर तथा ४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, डबल च्यानल स्विचेबल एबीएस, ५ इन्च टिएफटी डिस्प्ले, यूएसबी पोर्ट, कायाबा एड्जष्टेवल यूएसडी फर्क, एड्जष्टेबल सिट, ट्युबलेस स्पोक ह्वील जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top