काठमाडौं । हिरो एक्सट्रीम २०० एस भारतमा सार्वजनिक भएको छ । संभवत नेपाली बजारमा भदौमा हुने नाडा अटो शो २०१९ मा यसलाई सार्वजनिक गरिने छ ।
हिरो मोटोकर्पले नयाँ डिजाइको साथ बजारमा ल्याएको एक्सट्रीम २०० एस निकै स्पोर्टी देखिएको छ । भारतमा ९८ हजार ५ सय भारतीय रुपैयाँ मूल्य निर्धारण भएको यो बाइक नेपाली बजारमा कति रुपैयाँ पर्छ भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन । यद्यपी ३ लाख रुपैयाँ हारहारीमा यसको मूल्य निधारण हुने अनुमान भने गर्न सकिन्छ ।
नेपालको लागि हिरोको आधिकारीक बिक्रेता एनजीएमका अनुसार सम्भवत हिरो एक्सपल्स र एक्सट्रीम २०० एस एकै पटक नेपाली बजारमा सार्वजनिक गर्ने तयारी सुरु भएको छ ।
डिजाइन
हिरो एक्सट्रीम २०० एस पुरानै एक्सट्रीम २०० आर जस्तै बनाइएको छ । यसमा प्रयोग गरिएको धेरै जसो पार्टसहरु आर सिरिजबाट लिइएको छ । एक्सट्रीम २०० एसमा ब्ल्याक अलोय ह्वील, सिंगल पीस सिट, किक–स्टार्ट लिवर, टेल सेक्शन र पेनल साइड डिजाइन आर सिरिजबाट नै लिइएको हो ।
एक्सट्रीम २०० एसमा दिइएको नयाँ एलिमेन्टस्मा लामो कालो विंडशील्ड र निकै स्टाइलिस स्वरुप मुख्य मानिएको छ । यसमा नयाँ फिएरसिङ तथा रिफ्लेक्टर स्ट्रीपको प्रयोग गरिएको छ ।
फिचर
बाइकमा फुल एलइडी हेडल्याम्प र ब्लूटुथ कनेक्टिभिटीको साथ नयाँ फुल्ली डिजिटल एलइडी इक्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ । जहाँ नेभिगेसन, गियर पोजीशन इन्डीकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डर एलर्ट राखिएको छ ।
इन्जिन
नयाँ हिरो एक्सट्रीम २०० एसमा २०० सीसी एयर–कूल्ड इन्जिन दिइएको छ । जसले ८ हजार आरपीएममा १८ बीएचपी पावर र ६५ सय आरपीएममा १७.१ एनएमको टर्क जेनेरेट गर्छ । ५ स्पीड म्यानुयल गियर बक्स जडान गरिएको छ ।
सस्पेन्सन र ब्रेकिंग
बाइकमा टेलेस्कोपिक फ्रन्ट फर्क र रियरमा एउटा ७–स्टेप एडजस्टेबल मोनोशक रहेको छ । ब्रेकिंग अन्तर्गत बाइकमा २७६ एमएम फ्रन्ट डिस्कका साथ सिंगल च्यानल एबीएस र रियरमा २२० एमएम डिस्क ब्रेक दिइएको छ । बाइकको सिट हाइट ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । बाइकको तौल भने १४८ केजी रहेको छ ।

