टीभीएसले आफ्नो पछिल्लो उत्पादन अपाची आरआर ३१०को मिडिया राइड क्याम्पेन आयोजना गरेको हो । अघिल्लो सोमबार भएको उक्त राइडिङमा उल्लेख्य मिडियाकर्मीको उपस्थिति रहेको थियो ।
टीभीएसले आफ्नो अपाची सिरिजको आरआर ३१० को बजार विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैले विभिन्न क्याम्पेनहरु चलाउँदै आएको छ ।

लुक्स
अपाची आरआर ३१०लाई झट्ट हेर्दा यो धेरै हेभी देखिन्छ, लाग्छ ६००÷७०० सीसीको हुनुपर्छ । यसो हुनुमा यसको फ्रन्ट लुक्स बिग र मस्कुलर भएको कारणले हो । यसले यो बाइकलाई निक्कै आकर्षक बनाएको छ ।

हेडलाइट
अपाची आरआर ३१० मा बीआइ–एलइडी प्रोजेक्टर हेडल्याम्प प्रयोग गरिएको छ । अझ यसको टेलल्याम्प त डेभिल हर्न (दैत्य सिङ)को आकार मा बनाइएको छ, यसले बाइकलाई उकृष्ट आवरण प्रदान गरेको छ । यसको हेडल्याम्प फ्रन्ट नोजलाई एग्रेसिभ लुक्स दिइएको छ ।
यो बाइक नाइट राइडको लागि अतिनै उपयुक्त रहेको छ । यसमा प्रयोग भएको हेडल्याम्प इन्ट्रीलेवल कारको जस्तै पावरफुल रहेको छ । यसमा लो लाइट तथा हाइबिम लाइट एकैसाथ बल्छ जसका कारण नाइट राइडका लागि अत्यन्त सहज हुने गर्छ ।

सिटिङ पोजीसन
अपाची आरआर ३१० हेर्दा जस्तो एग्रेसिभ देखिन्छ, यसको सिटिङ पोजिसन निकै आरामदायी रहेको छ । झट्टहेर्दा यसको ह्यान्डल केही तल भएजस्तो देखिएपनि राइडर सिटको हाइटका कारण एकदमै सहज रहेको छ ।
अपाची आरआर ३१० को राइडिङ पोजिसनमा धेरै झुक्नु नपर्ने तथा गियर तथा ब्रेकको पोजिसन बाइकको सेन्टरमा रहेको कारण रेगुलर प्रयोगको लागी उपयुक्त रहेको छ । अपाची आरआर ३१०मा राइडरको सिटिङ पोजिनसका साथै रियर सिटिङ पोजिसन पनि आरमदायी रहेको छ ।

ब्रेकिङ
टीभीएसले आफ्नो यो मस्कुलर बाइकमा डबल च्यानल एबीएस दिइएको छ, जसका कारण बाइकको ग्रिप अत्यन्त राम्रो छ । फ्रन्टमा ३०० एमएमको सिङ्गल पेटल तथा रियरमा २४० एमएमको पेटल डिस्क ब्रेक दिइएको छ । जसका कारण राइडरले बाइकलाई उच्च गतिमा पनि सजिलै रोक्न सक्नेछ ।

डिस्प्ले
अपाची ३१० मा भर्टिकल डिस्प्ले दिइएको छ । जसमा बाइकको टप स्पीड रेर्कड, गियर इन्डिकेटर, फ्युल इन्डिकेटर, इन्जिन टेम्प्रेचर, टाइम, डेट, रिर्जभ इन्डिकेटरजस्ता धेरै फिचर रहेका छन् ।
हाइस्पीड अर्लट यसमा रहेको अर्को एक उकृष्ट फिचर हो, जसमा राइडरले निश्चित स्पीड सेट गर्नसक्छ । निश्चित गरेको स्पीड बाइकले मिट गरेपछि इन्डिकेटर बल्न सुरु गर्छ जसले चालकलाई आफ्नो गति नियन्त्रण भित्र रहेको थाहापाउन सजिलो हुन्छ ।

इन्जिन
टीभीएस अपाची आरआर–३१० मा ३१२.२ सीसी क्षमताको फोरस्टोक, फोरभल्भ सिङ्गल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले ९७०० आरपीएममा ३४ पीएस पावर तथा ७७०० आरपीएममा २७.३ एनएक टर्क जेनेरेट गर्छ भने, ६ ट्रान्समिसनमको गियरबक्स दिइएको छ । यो बाइकको उच्चगति १ सय ६० किलोमिटर प्रतिघन्टाको रफ्तार रहेको छ ।

